रामपुरमा ‘टायल एण्ड ग्रेनाइट जोन’ सञ्चालनमा, आधुनिक निर्माण सामग्री अब आफ्नै नगरमा

  २०८३-०४-१०

पाल्पा, रामपुर।
“टायल्स लगाऔं, घरलाई आकर्षक बनाऔं” भन्ने उद्देश्यका साथ रामपुर नगरपालिका–५, मटेरी जाने सडकमा आ एन बिजनेस लिंक प्रा.लि. अन्तर्गत सञ्चालित Tiles & Granite Zone औपचारिक रूपमा सञ्चालनमा आएको छ।

अशोक श्रेष्ठ एण्ड टिम को संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस शोरुमले आधुनिक प्रविधियुक्त टायल्स, ग्रेनाइट, मार्बल, सेनेटरी सामग्री, धारा तथा घर सजावटका अन्य सामग्रीहरू गुणस्तरीय र उचित मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

कम्पनीका सञ्चालक अशोक श्रेष्ठका अनुसार बैठक कोठा, भान्सा, शयनकक्ष, बाथरुम, ट्वाइलेट, सिँढी, आँगन तथा पार्किङलगायत घरका सबै भागका लागि विभिन्न डिजाइन र उत्कृष्ट गुणस्तरका टायल्स तथा ग्रेनाइट उपलब्ध छन्। नेपालका साथै भारतीय उद्योगबाट उत्पादित सामग्रीहरू समेत बिक्रीका लागि राखिएको र प्रदेशस्तरीय साझेदारीका कारण आवश्यक सामग्री समयमै उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो।

Tiles & Granite Zone, रामपुर को उद्घाटन समारोह टायल उद्योगी सानी निमाभाट तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम के.सी. ले संयुक्त रूपमा गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै रामपुरमै गुणस्तरीय निर्माण सामग्री सहज रूपमा उपलब्ध हुनु स्थानीय उपभोक्ताका लागि खुसीको विषय भएको बताएका थिए।

समारोहको अन्त्यमा अशोक श्रेष्ठ एण्ड टिम ले उद्घाटन कार्यक्रममा उपस्थित भई शुभकामना, साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, शुभेच्छुक तथा स्थानीयवासीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै यहाँ होलसेल तथा खुद्रा रुपमा किनबेच हुने समेत जानकारी गराइएको छ।