मूख्य समाचार

रामपुर नगरपालिकाद्वारा जाजरकोटका भुकम्प पिडितलाई सहयोग

  २०८०-०७-२०        बोली खबर

पाल्पा । जाजरकोटका भुकम्प पिडितहरुको लागि रामपुर नगरपालिकाले सहयोग प्रदान गरेको छ । गत शुक्रबार आएको भुकम्पबाट प्रभावित भएका नागरिकहरुको लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित राहत सामाग्री प्रदान गरेको हो । भुकम्पले क्षति गरेको जिल्ला जाजरकोट सदमुकाम खलंगा पुगेर रामपुर नगरपालिका प्रमुख रमण...

सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

  २०८०-०७-१९        बोली खबर

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए ।...

अन्तिम चरणमा पुगेकाे रास्वपाकाे ‘पाल्पा खुल्ला सभा’ स्थागित

  २०८०-०७-१८        बोली खबर

पाल्पा । शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे छ । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी सभाको तयारीको बारेमा जानकारी दिएको थियाे । गएराती जाजरकाेट केन्द्रबिन्दु बनाइ ६ दशमलव  ४ म्याग्निच्यूडको ...

मध्यरातमा भूकम्प, जाजरकाेटमा ९२ जनाकाे मृत्यु ५५ बढी घाइते

  २०८०-०७-१८        बोली खबर

पाल्पा । गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा १२८ सय जनाको ज्यान गएको छ । जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा ५५ बढी घाइते छन् । प्रहरीका अनुसार रुकुम पश्चिममा भूकम्पमा परी...

घिरिङ १ तनहुँलाई ‘बगर कप–२०८०’ को उपाधी

  २०८०-०७-१७        बोली खबर

पाल्पा । रामपुरमा भएको बगर कप–२०८० अन्तर्गत दोस्रो भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेकाे छ । बगर युनाईटेड क्लव रामपुर पाल्पाको आयोजनमा गत कार्तिक १२ गते देखि भएको वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २र१ सेटले पराजित गर्दै घिरिङ १ ले उपाधी जितेको...

रास्वपाका सभापति रवि लामिछाने शनिबार रामपुर आउँदै

  २०८०-०७-१७        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । यहि कार्तिक १८ गते पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद डा. तोसिमा कार्की, केन्द्रीय सदस्य इश्रा मुल्ला...

पालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न

  २०८०-०७-१३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमहरुको समिक्षा गोष्ठी सम्पन्न भएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को समिक्षा र आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठी आईतबार सम्पन्न भएको हो । गोष्ठीमा गत आर्थिक बर्षमा पालिकामा भएको पोषण सम्बन्धि गतिविधिको समस्या , पोषणको...

आलु निकाल्न रामपुर शीत भण्डार एक हप्ताका लागि खुल्ला

  २०८०-०७-१३        बोली खबर

पाल्पा । रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुल्ला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । कृषक तथा उपभोक्ताले राखेको आलु निकाल्नका लागि शीत भण्डार आईतबार देखि आगामी कार्तिक १८ गते सम्म खुल्ला गरिएको छ । शीत भण्डारको...

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

  २०८०-०७-०७        बोली खबर

पाल्पा। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल...

तानसेनको लामडाँडामा जिप दुर्घटना, ८ जना घाईते

  २०८०-०७-०६        बोली खबर

पाल्पा । तानसेनको बर्तुङ नजिक लामडाँडामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जनाएको...