मूख्य समाचार

सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाइयो

  २०८०-०४-२६        बोली खबर

पाल्पा ।  जिल्ला महासंघ पाल्पाको आयोजनामा पाल्पाको हुँगिको अमिलटार सामुदायिक वनमा वृक्षरोपण सहित सामुदायिक वन दिवस २०८० कार्यक्रम मनाएकाे छ । ‘उत्पादन , रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यबस्थापन ‘भन्ने मुल नाराका  वन दिवस मनाएकाे हाे । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला...

निस्दी ३ झिरुवासमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  २०८०-०४-२५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं ३ झिरुवासकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आ.ब.  २०७९/०८० अन्त्य भएसंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । वडा नं झिरुवासका वडा अध्यक्ष नबिन्द्र थापा सोतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले  वडामा गरेका...

निस्दीमा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने

  २०८०-०४-२५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने भएको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने भएको हो । संघीय सरकारले हाल प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको...

रामपुर नगरपालिकालाई  व्यवस्थित शहर बनाउन कार्यशाला गोष्ठी सम्पन्न

  २०८०-०४-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरु संग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो । रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण...

पाल्पाकाे मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने

  २०८०-०४-१८        बोली खबर

पाल्पा। तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । गत १२ साउनमा सो अस्पतालले पत्रकार सम्मेलन गर्दै आगामी २१ साउन देखि  स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी गराएको थियो । अस्पतालको सो निर्णयको चौतर्फी आलोचना भएपछि बिहीबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा भएको छलफल...

यसरी पुग्न सकिन्छ ‘ल्वाङ गाउँ’

  २०८०-०४-१८        बोली खबर

पाल्पा । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ रु त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ । प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन...

रामपुर साना शहरी खानेपानीकाे पत्रकार भेटघाट, पानीको महशुल दर घटायो

  २०८०-०४-१६        बोली खबर

पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर, पाल्पाले खानेपानी महशुल दर घटाएको छ । साउन १ देखि लागू हुने नयाँ महशुल दर कायम गरेको संस्थाले पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो । महशुल दर परिवर्तनका बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य...

रामपुरमा थप ८७ जनालाई जग्गाधनी पुर्जा, मालपोत- नापी कार्यालयलाई नक्सा र श्रेस्ता हस्तान्तरण

  २०८०-०४-१६        बोली खबर

पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो । आयोगले वितरण भएका पूर्जाको श्रेस्ता मालपोत कार्यालय रामपुर र नक्सा नापी...

रामपुर नगरपालिकाद्धारा रामपुरकाे बजार क्षेत्रमा अनुगमन

  २०८०-०४-१५        बोली खबर

पाल्पा, आन्तरिक आयवृद्धि गर्न आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक वृद्धिदर वर्षको रुपमा लिएको रामपुर नगरपालिकाले बजार क्षेत्रका व्यवसाय तथा फर्मको अनुगमन थालेको छ । रामपुर नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउन पहल सुरु गरेको हो । आइतबार नगरको मुख्य बजार रामपुर–५ बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।...

कोशीमा उद्धव थापाको नियुक्ति बदर, सरकार गठनमा सभामुखको सहभागिता असंवैधानिक

  २०८०-०४-११        बोली खबर

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधान विपरित ठहर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो । गत २१...