रामपुर, नेकपा (एमाले) निकट सहिद बहुमुखी क्याम्पस अनेरास्ववियूले रामपुर कमिटीले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। सहिद बहुमुखी क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । सहिद बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मधुसुधन आचार्यले परमादेशबाट गठन भएको जनघाती सरकारले दिन प्रतिदिन जनताका विरुद्धमा लोकतन्त्रको विरुद्धमा संविधानको मर्म बिपरित काम गरिरहेको...
काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् । नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८...
बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका...
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ४ महिनामा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलबार पौने ४ बजे ३४ जना सांसदको हस्ताक्षरसहित गठबन्धन दलहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सवा ४ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशनको माग गरेका थिए ।...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।...
सरकारले बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवमा देशभरका २ लाख बेरोजगार युवालाई औसत १०० दिनको रोजगारी दिने लक्ष्य लिएको थियो । सोहीअनुसार हालसम्मको...
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै समुहका नेता माधवकुमार नेपालले धोका दिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपाल जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने अडानमा रहेपछि सो समुहका प्रभावशाली नेता रावलले सांसद पदबाटै राजीनामा दिने निर्णय लिनुभएको हो...
काठमाडौं, साउन ३। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो । उहाँले आज विहान भएको भेटमा माधव नेपालले...
निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ। धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्कनुभयो भन्ने समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ। विदेशमा गई अशक्त भएर फर्कनुभएका खाम्चालाई निस्दी – ४ , मित्याल , भोर्मा स्थायी निवासी...
काठमाडौं, सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेराे लागि लाेकतन्त्र जीबिका हाेइन जीवन हाे, फेरी बादल फाटेर सूर्य उदाउनेछ ।’ सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरेका ओलीले...