राजनिती

बैचारिक निखारताका लागी प्रशिक्षण सुरु

  २०८०-११-२७        boli khabar

नेपाल कम्युनिस्ट पार्टी( एमाले) रामपुर नगरकमिटी पाल्पाको आयोजनामा नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिबार प्रशिक्षकहरु नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरी र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे रहनु...

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा हाजिरजवाफ प्रतियोगीता सन्चालन

  २०८०-११-२५        boli khabar

पाल्पा । ‘महिलामा लगानी सभ्य र सम्मुनत समाज थालनी’ भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला देशभर विभिन्न कार्र्यक्रम गरि मनाईएको छ । सधै भाषण र नारामा समेटिएको महिला दिवस हिजो भने अली फरक अनुभुति भएको देखिन्थ्यो । महिलाहरु अलि फरक हातमा कापी र कलम लिएर उभिएको...

आखिल नेपाल महिला संघ रामपुरले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा हाजिरीजवाफ प्रतियोगिता गर्ने

  २०८०-११-१८        boli khabar

आखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी पाल्पाको चौथो बैठक हिजो सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको बैठकका मुख्य पाहुना नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य...

‘४२ औँ राष्ट्रिय मगर एकता दिवस’ रामपुरमा भब्यताका साथ सम्पन्न (तस्बिर सहित)

  २०८०-११-१६        बोली खबर

पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत  मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...

जानकी आधारभुत बिद्यालयको ५६ औं बार्सिक उत्सव सम्पन्न

  २०८०-११-०७        बोली खबर

पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...

भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

  २०८०-१०-२९        बोली खबर

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो । सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल...

आस्थाको आधारमा ‘शुद्धिकरण अभियान’ गरिए अमान्य हुने : महासचिव लामा

  २०८०-१०-२८        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताउनु भएको छ । प्रेस चाैतारी पाल्पा शाखाकाे दाेस्राे बार्षिक साधारणसभालाई सक्बाेधन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । महासचिव लामाले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता...

वडा नं. ४ लाई ‘रामपुर छैठौँ मेयर कप २०८०’ को उपाधी

  २०८०-१०-२५        बोली खबर

पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन...

भष्ट्राचार विरुद्ध यसरी कड्किए–पूर्व गृहमन्त्री एवं सभापतिः लामिछाने (भिडियाे)

  २०८०-१०-१९        बोली खबर

पाल्पाकाे रामपुरमा भएकाे ‘पाल्पा खुला सभा’मा सम्बाेधन गर्दै पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेले देशमा भइरहेकाे भष्ट्राचार अन्त्य हुनु पर्ने बताएका थिए । भिडियाेमा हेर्नेुहाेस्

आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

  २०८०-१०-१५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ हागेंपिपलका आगोलागी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । गत माघ १२ गतेका दिन आगोलागीबाट हागेपिपलका एकै गाउँका ३ घर जलेर नष्ट भएको थियो । दिउसोको समयमा घर तल...