सर्जक हुम गैरेको शब्द,लयमा गायिका कमला बि.सी.को बिरहको तिज सार्वजनिक भएको छ । साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को (तिज गीती कथा २०७८) बिरहको तिज बजारमा सार्बजनिक भएको हाे । गायक तथा सर्जक हुम गैरेको लय तथा...
सरकारले बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवमा देशभरका २ लाख बेरोजगार युवालाई औसत १०० दिनको रोजगारी दिने लक्ष्य लिएको थियो । सोहीअनुसार हालसम्मको...
धनबहादुर ठाडा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य तथा निस्दी गाउँपालिका – ४ , नम्बर वडा कार्यालय मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको सातौं दिनको पुण्यतिथिमा शोक सभा सम्पन्न भएको छ। नेकपा एमाले निस्दी गाउँ संगठन कमिटीको आयोजनामा भएको शोक सभामा लुम्बिनी प्रदेश सांसद तथा एमाले पाल्पा अध्यक्ष नारायण...
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै समुहका नेता माधवकुमार नेपालले धोका दिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपाल जसरी पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिने अडानमा रहेपछि सो समुहका प्रभावशाली नेता रावलले सांसद पदबाटै राजीनामा दिने निर्णय लिनुभएको हो...
काठमाडौं, साउन ३। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो । उहाँले आज विहान भएको भेटमा माधव नेपालले...
सन्जु देवि परियार पाल्पाको रामपुर नगरपालिका लाई पाल्पाली समाज यु ए इ मा आवद्ध युवाहरूको पहलमा स्वास्थ सामाग्री प्रदान गरिएको छ। बिस्वब्यापी रुपमा फैलिएको कोभिड १९ को असर बाट देश नै प्रभावित भइरहेको बेला बिदेशमा आफ्नो पसिना बगाइ कमाएको केही रकम हरु संकलन गरि पाल्पाली समाज यु . ए...
निस्दी, साउन २ पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर – ४ , मित्यालमा एक महिलाको भर्याङबाट लडेर मृत्यु भएको छ। मित्यालको , छापडाँडा बस्ने ५१ वर्षीय दिल कुमारी सुनारीको आफ्नै घरको भर्याङबाट लडेर मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो। मृतकको लास पोष्टमर्टमको लागि रामपुर...
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ डुम्रेमा गएराती पहिरोले ट्याक्टर र दुईवटा जेसीबी पुरिंदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन्। पहिरोमा पुरिएर घाइते भएका ट्याक्टरका सहचालक बर्दियाको बासगढी नगरपालिका ४ घर भइ हाल पाल्पाको डुम्रेमा बस्दै आएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुनको...
पाल्पामा स्मार्ट कृषी गाउँ कार्यक्रम सन्चालन भएको छ । विगत ३ बर्ष देखि पाल्पामा स्मार्ट कृषी गाउँ कार्यक्रम सन्चालनमा छ । कृषि ज्ञान केन्द्र,पाल्पा बाट ४ वटा स्मार्ट कृषि गाउँ कार्यक्रमहरु संचालित छन् । जस मध्ये यस वर्ष हुँगि स्मार्ट कृषि गाउँ कार्यक्रम रम्भा १ हुगीँ पाल्पा जिल्लाकै उत्कृष्ट...
पाल्पा – रम्भा गाउँपालिकाले आगामी आव २०७८/०७९ का लागि विनियोजन गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ गाउँसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले शिक्षा, स्वास्थ्य र पशुपालनलाई केन्द्रमा राखेर...