समाचार

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

  २०८१-०६-१७        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

ज्योतिपुञ्ज कपमा ‘सुपर १० टिम’ काे प्रतिस्पर्धा हुने

  २०८१-०६-१५        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।...

रामपुरकाे मुख्य बजार क्षेत्रमा अनुगमन

  २०८१-०६-१५        बोली खबर

पाल्पा । चार्डपर्व नजिकै गर्दा रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरेकाे छ । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावत्, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो । टोलीले रामपुर नगरपालिका वडा नं. ५ को बेझाँड बजार, वडा नं. ६ को विजयपुर बजार र वडा...

पाल्पामा स्थानीय तहसंंग भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया

  २०८१-०६-०४        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा स्थानीय तह स्तरीय भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रामपुर नगर भित्रका सरोकारवालाहरु संगै अन्तरक्रिया गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले बेनामी उजुरी आयोगले सुचना लिने...

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

  २०८१-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं...

रामपुरमा बृहत लाखे नाच प्रदर्शनी

  २०८१-०६-०२        बोली खबर

पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो । कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः...

सिद्धबाबा सुरुङमार्गकाे काम तिब्र, ३ महिनाभित्र ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी

  २०८१-०६-०२        बोली खबर

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग कामले तिब्रता पाएकाे छ । सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ...

तिनाउकाे जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  २०८१-०५-३०        बोली खबर

पाल्पा ।  तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ बस्ने ५३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु ४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना...

रामपुरमा ६० औँ राष्ट्रिय बाल दिवस मनायाे

  २०८१-०५-३०        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले ६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि मनाएको छ । रामपुर नगरपालिका शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगिता सहित विद्यार्थीहरुलाई सम्मान गरी दिवस मनाएको हो । कार्यक्रममा एसइई परिक्षा २०८० मा सहभागि भई ३.६ वा सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण...

रामपुर नगरपालिकामा ‘५५ वटा उजुरी’को मेलमिलाप

  २०८१-०४-२०        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् । नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध...