प्रदेश १

ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ देशलाइ गुन लगायोःथापा

  ११ मंसिर २०७८, शनिबार ०५:३८        boli khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...

नेकपा एमाले नवौं केन्द्रिय कमिटी बैठक सौराहामा सुरु

  १० मंसिर २०७८, शुक्रबार २०:०३        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ । सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको...

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

  ७ मंसिर २०७८, मंगलवार ०६:३०        boli khabar

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...

नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

  २७ कार्तिक २०७८, शनिबार २२:१०        boli khabar

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट...

आजबाट देशभर जनगणना सुरू

  २५ कार्तिक २०७८, बिहीबार ०७:३१        बोली खबर

काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...

आज बडा दशैं, मान्यजन बाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै

  २९ आश्विन २०७८, शुक्रबार ०६:१४        boli khabar

रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...

इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै

  ६ श्रावण २०७८, बुधबार ०६:२४        boli khabar

पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि...

निस्दीमा असार १५ को ‘सेलिब्रेसन’ (फोटोफिचर)

  १५ असार २०७८, मंगलवार २३:१३        बोली खबर

निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...

गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)

  २२ जेष्ठ २०७८, शनिबार २१:३७        बोली खबर

निस्दी,  निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

  १५ जेष्ठ २०७८, शनिबार १५:५५        बोली खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...