गण्डकी

पूर्वखोलमा आइटी श्रोत शिक्षकहरुकालाइ सूचना तथा प्रविधि तालिम सुरु

  २०८१-१०-०५        boli khabar

पाल्पा माघ ४-पूर्वखोला गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विधालयका आइटी श्रोत शिक्षकहरुका लागि सूचना तथा प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम पूर्वखोलामा शुक्रबारदेखि सुरु भएको छ । तालिमको उदेश्य माथी प्रकाश पादै शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले पाँचदिने आइटी तालिमले शिक्षकहरूको सिकाई अभिवृद्धि गर्ने सहयोग पुग्ने बताउनु भयो...

‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बैठक सम्पन्न

  २०८१-१०-०३        boli khabar

पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो...

इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको गृहमन्त्री लेखकद्धारा उद्घाटन, राहदानी र राष्ट्रिय परिचय पत्रकाे सेवा पाउने

  २०८१-०९-०४        बोली खबर

पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...

रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्यमी अन्तरक्रिया सम्पन्न

  २०८१-०८-१०        बोली खबर

पाल्पा । रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार...

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

  २०८१-०८-०३        बोली खबर

पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज...

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

  २०८१-०७-१८        बोली खबर

पाल्पा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...

यमपञ्चक सुरू : आज काग तिहार

  २०८१-०७-१४        बोली खबर

पाल्पा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाले जनाएकाे छ । यमराजले...

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

  २०८१-०६-१७        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

  २०८१-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं...

आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता

  २०८१-०४-१३        बोली खबर

वालिङ । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हाल वालिङ ८ मा डेरागरी बस्ने २३ का शिव पोख्रेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ...