प्रदेश ५

आर्यभन्ज्याङ-रामपुर सडकखण्ड दुई दिनदेखि यातायात सेवा अवरुद्ध

  २०७९-०६-२१        बोली खबर

पाल्पा । पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडकखण्डको बिभिन्न स्थानमा पहिरो खसेर दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । पूर्वखाेला गाउँपालिकाकाे वीरकोट सेफतमा दुई ठूला पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । सोही सडकअन्तर्गतको पूर्वखोला गाउँपालिका–१, सिलुवाको सानोगल्धा, चापगैरालगायत स्थानमा समेत पहिरो खसेको छ । स-साना पहिरो अन्यत्र पनि खसेको स्थानीयले...

निस्दीकाे झिरुवासमा दुई युवा मृत फेला

  २०७९-०६-२०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवा बुधबार मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका-३ झिरुबासका २१ वर्षीय वीरेन सोमै र सोही ठाउँका २१ वर्षीय इन्द्रबहादुर खरु बुधवार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । उनीहरूको छुट्टाछुट्टै ठाउँमा शव फेला परेको हो । वीरेनको...

भू.पु. विद्यार्थी मञ्चद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०७९-०६-१८        बोली खबर

पाल्पा भू.पु. विद्यार्थी मञ्च, श्री रामतुलसी माध्यामिक बिधालय रामपुर पाल्पाको आयोजनामा हिन्दुहरुको महान पर्व शुभ बिजया दशमी , शुभ दिपावली , छठ पर्व र नेपाल सम्बत ११४३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भु.पु. विद्यार्थी मञ्च श्री रामतुलसी माध्यामिक बिधालयका अध्यक्ष शालिकराम कँडेलको अध्यक्षता र रामपुर...

रामपुरमा युवाहरुकाे आर्थिक सहयाेगले बिजुली बत्ती बल्याे

  २०७९-०६-१५        बोली खबर

पाल्पा ।  रामपुर ३ जाल्पेमा जनज्याेति युवा क्लबले बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे अार्थिक सहयाेग गरेकाेछ ।  गण्डकीढिक बाेटेगाँउ, जाल्पे, घट्टार, निस्दीखाेला, अधेरीखाेलामा ३८ वटा पाेल बिजुली बत्ती बाल्न सहयाेग गरेकाे हाे । सडक बत्तीकाे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैती...

नेकपा क्रान्तिकारी माओवादी पाल्पा अध्यक्ष एमालेमा प्रवेश

  २०७९-०६-१४        बोली खबर

पाल्पा । नेकपा क्रान्तिकारी माओवादी पाल्पाका अध्यक्ष टेकबहादुर विक नेकपा एमाले गरेकाे छ । शुक्रबार एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, लुम्बिनी कमिटीका अध्यक्ष राधाकृष्ण कडेल, प्रदेश सचिवालय सदस्य नारायण आचार्य, पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतका नेताले अबिर र खादा लगाएर पार्टीमा प्रवेश गराएकाे हाे...

नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा भेटघाट कार्यक्रम सम्पन्न

  २०७९-०६-१४        boli khabar

पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन,तिनाउ,पाल्पाले चाडपर्वकाे अवसरमा विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम विहिवार झुम्सामा सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथिकाे नेकपा एमालेका केन्द्रीय पाेलिट्ब्यूराे सदस्य ठाकुर गैरेले शिक्षकहरुका हकहितमा लाग्ने पार्टी भनेकै एमाले रहेकाे बताउँदै आफू विद्यार्थी आन्दाेलनमा रहँदादेखि नै शिक्षकका समस्या बुझेकाे र समाधानमा समेत...

रामपुर–६ मा परम्परागत पञ्चेबाजा सहित दशैं बाटो सफाई

  २०७९-०६-१३        बोली खबर

पाल्पा । रामपुर नगरपालिका ६ मा आउदै गरेका चाड दशै तिहारको अबसर पारेर सरसफाइ गरिएको छ । दशैंको आगमनसंगै बाटो खन्ने तथा बाटो वरपरको झाडी हटाउने प्रचलन हराउँदै गएको सन्दर्भमा रामपुर नगरपालिका ६ तालपोखरा टोल विकास संस्थाले बुधबार पञ्चेबाजा सहित बाटो सफाई गरेका हुन् । दशैं आए संगै पञ्चेबाजा...

वडा नं. १ काे दशैं शुभकामना तथा चौमासिक प्रतिबेदन सार्वजनिक

  २०७९-०६-१३        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले बिजया दशमी ,दिपावली र छ्ठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। वार्ड कार्यालयको सभाहलमा भएको कार्यक्रमको मुख्य पाहुना इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा रहेका थिए । वार्ड अध्यक्ष कपिल बहादुर खाणको अध्यक्षता मा भएको...

रामपुर ४ मा शुभकामना सहित वडाको चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक

  २०७९-०६-१२        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ ले चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक सहित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शुभकामना आदान प्रदान तथा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागी समुदाय प्रहरी सझेदारी कार्यक्रम...

मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

  २०७९-०६-१०        बोली खबर

पाल्पा । मगर संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक भएको छ । सुनारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक संगै मगर भाषाको चलचित्रमा आकर्षण बढेको छ । पाल्पाको निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस...