प्रदेश ५

रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण

  २०८०-०३-०४        बोली खबर

पाल्पा। पाल्पाको रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण गरेकाे  छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट टेकुले रामपुर अस्पताललार्इ  ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सामाग्री प्रदान गरेको हो । रामपुर अस्पताल बाट डाइलासिस सेवा विस्तार गरि यस भेगका जनतालाई सहज र सरल डायलियस सेवा...

‘स्कारपियो’ दुर्घटना हुँदा स्याङ्जा चापाकोटका पूर्व मेयर गिरीको निधन

  २०८०-०३-०२        बोली खबर

पाल्पा। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४०...

रामपुरमा छुवाछुत विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न

  २०८०-०२-३२        बोली खबर

पाल्पा । छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम बुधबार रामपुर नगरपालिका वडा नं. ९ जब्गादी पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धि प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले छुवाछुत...

‘रामपुर नगरपालिका’ पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

  २०८०-०२-३२        बोली खबर

पाल्पा । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिए संगै नगरपालिकालाई बुधबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम...

रामपुरमा युवा उद्यमीहरु वीच अन्तरक्रिया सम्पन्न

  २०८०-०२-३१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरु विचको...

अबैध रासायनिक मल राजस्व कार्यालयको नियन्त्रणमा

  २०८०-०२-२९        बोली खबर

पाल्पा । रामपुरमा फेला परेको अबैध ६ सय ४९ बोरा रासायनिक मल राजश्व अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । गत शनिबार ३ सय ७२ बोरा रासायनिक मल रामपुर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पुन : रामपुर नगरपालिका–५, बेझाँडमा भण्डारण गरेर राखिएको अवस्थामा मल फेला परेको...

रानाभाट समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

  २०८०-०२-२९        बोली खबर

पाल्पा । रानाभाट/ भाट  समाज नेपाल  लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भयको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा  १७ सदस्यीय  रानाभाट / भाट समाज लुम्बिनी प्रदेश कार्य समिती सर्बसम्मत रुपमा चयन भएको छ। जसमा...

अत्याधिक गर्मीका कारण रामपुर नगरपालिकाका शैक्षिक संस्थाहरुमा ५ दिन विदा

  २०८०-०२-२८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई विदा दिएको छ । अत्याधिक गर्मीका कारण विद्यालय संचालन गर्न कठिनाइ भएकोले विदा दिएको जनाएकाे छ। रामपुर नगरपालिकाको शिक्षा शाखाको मिति २०८०।०२।२८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दे २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका...

निस्दीकाे काउलेडाँडामा ‘प्रथम निस्दी पर्यटन मिनी महोत्सव’ (तस्बिरमा हेर्नुहाेस्)

  २०८०-०२-२८        बोली खबर

पाल्पा । निस्दीको मगर संस्कृति संग्राहलयको हलमा प्रथम निस्दी पर्यटन मिनी महोत्सव–२०८० सम्पन्न भएको छ । पूर्व पाल्पाको निस्दी–३ काउलेडाँडामा स्थानीय भाषा कला, अनि संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धनका लागि निस्दीमा मिनी महोत्सब सम्पन्न भएको हो । निस्दी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मुक्त बहादुर...

पाल्पामा आठ पत्रकार सहित संस्थापक सम्मानित

  २०८०-०२-२७        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले संस्थामा आवद्ध रहेका ८ जना कृयाशिल पत्रकारहरु लाई पुरस्कृत गरेको छ ।कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीे द्घारा नगद पाँच पाँच...