काठमाण्डाैं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी...
काठमाण्डाैं । गत असोजमा तत्कालीन प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक २०७९ साउन १६ गते प्रमाणीकरणको लागि पठाइएकोमा तत्कालीन...
काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री...
काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै सोमबार बिहान चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो । टीकापुर हत्याकाण्डमा...
काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने...
पाल्पा । तीन कन्या बाल क्लब, माथागढी-७, रहवास मटेरीले आयोजना गरिएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ४० समूह सहभागी रहेको प्रतियोगितामा उदय युवा क्लब, माथागाढी-७, रहवास- ओखरीगौंडाको टिम च्याम्पियन बनेको हाे। प्रतियोगिता ३ दिन सक्ने बताइए पनि सहभागी समूहको उल्लेख्य उपस्थितिले गर्दा ४ दिनमा लम्बिएको...
पाल्पा । रामपुर नगरपालिकाले आफ्नो एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएसंगै नगर प्रमुख रमण बहादुर थापाले विहिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत वार्षिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट...
पाल्पा । रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित गोष्ठि शनिबार सम्पन्न भएको हो । नगर भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि, विभिन्न राजनितिक दल , विषयका विज्ञ ,विषयगत शाखाका प्रमुख...
पाल्पा । रामपुर नगरपालिका वडा न ३ केलादी क्षेत्रमा आफ्ना पुर्खाले निर्माण गरेको मन्दिर खोज्दै पनातिहरु पाल्पाकाे रामपुर आइपुगेका छन् । ऐतिहासिक शिवालय मन्दिर, गुठी र मन्दिर खाेज्दै यहाँ आइपुगेका हुन् । मन्दिर स्थापना गोर्खाका पाण्डेहरुले गरेको शिलालेख छ । त्यस्तै त्यही राधाकृष्णको मन्दिर जुन पराजुलीहरुले स्थापना गरेका हुन्...
पाल्पा । बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राजश्व र बजेटको...