प्रदेश ५

रामपुरमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

  २०७९-१२-२०        बोली खबर

पाल्पा । ६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा मनाईएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका छन् । अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो...

प्रेस चौतारी नेपाल रामपुर शाखा गठन

  २०७९-१२-१९        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालको ऐतिहासिक भेला पाल्पाको रामपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युराे सदस्य खिमलाल भट्टराईले नेकपा एमालेको ग्रासरुट अभियान देशव्यापी रूपमा संचालन भइरहेको उल्लेख गर्दै यहि परिवेशमा प्रेस चौतारी नेपालले केन्द्र देखी नगर सम्म भएको कमिटी गठन महत्त्वपूर्ण भएको बताउनुभएको छ । रामपुर...

छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम

  २०७९-१२-१९        boli khabar

पाल्पाको रामपुरमा छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयको हलमा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । रामपुर नगरपालिका वडा नं ४ को वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका उप- प्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा...

स्थानीय कानुन निर्माण सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

  २०७९-१२-१७        बोली खबर

पाल्पा । तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा शुक्रबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा संचालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाको बारेमा जानकारी गराईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय...

‘रानीमहलमा’ राधिकासँग केपी ओलीको सेल्फी

  २०७९-१२-१५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् । ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल...

एमाले सिंह हाे, एक्लै हिड्छः एमाले अध्यक्ष ओली

  २०७९-१२-१५        बोली खबर

पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक...

रामपुर साकाेसद्वारा सदस्य सक्षमता विकास तालिम

  २०७९-१२-१३        बोली खबर

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा सदस्य सक्षमता विकास सम्बन्धि दुई दिने तालिम पाेखरामा सुरु भएको छ । संस्थाका संचालक समिति सदस्य तथा उपसमिति, सल्लाहकारका लागि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)काे प्राविधिक सहयोगमा तालिम अायाेजना गरिएको हाे । पाेखरा लेकसाईडमा हाेटल लेकप्यालेसमा सहकारीका...

पोखराको न्युरोडमा स्थापित पाल्पा हाउस सुरु

  २०७९-१२-१०        boli khabar

पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे ।सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा...

स्वास्थ कार्यालय पाल्पाले क्षयरोग दिवस मनायो

  २०७९-१२-१०        boli khabar

स्वास्थ कार्यालय पाल्पाले २४मार्चमा मनाईने बिश्व क्षयरोग दिबस शुक्रबार अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । होटल पौवा तानसेन पाल्पामा भएको कार्यक्रममा “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइएको हो ।कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले...

प्रेस चौतारी नेपालका पदाधिकारीहरुलाई लेखा व्यबस्थापन तालिम

  २०७९-१२-१०        boli khabar

लुम्विनी प्रदेशका १२ वटा जिल्लाका प्रेस चौतारी नेपालका पदाधिकारीहरु लाई दुई दिने लेखा व्यबस्थापन तालिम तानसेनमा शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै प्रेश चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले संगठन लाई आर्थिक रुपम पारदर्शी बनाउन, हिसाव किताव राम्रो राख्न, चुस्त दुस्त तालिम निकै प्रभावकारी भएको बताउनु भएको छ...