
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।
महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाउन थालिएको हो ।
यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गर्नु भएको थियो । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने तिथी बसालियो ।
पछिल्लो समय कानुनले महिलालाई सशक्त बनाइएको भएपनि त्यसको कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू अझै अन्यायमा परिरहेका छन् ।
महिलाबारे बनेका सरकारी नीतिनियम र कानुनबारे आमनागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिलाहरू पछाडि नै परिरहेको कैयौँको भनाइ छ । मार्च ८का दिनमा पछिल्लो समय सरकारी निकाय स्थानिय तहले भाषण गर्र्नै र आफ्ना कुरा राख्ने गरेको भनि पाईन्छ । तर त्यसको प्रभावकारिताका विषयमा भने सवै मौन रहेका छन् ।
एक शताब्दीभन्दा बढी समय भै सक्यो मार्च ८ लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभर दिवस मनाउन थालेको।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ,”To All Women And Girls : Right , Equality And Empowerment”
“सबै महिला तथा बालबालिकाकोलागि :अधिकार समानता तथा सशक्तिकरण”भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।
विश्व नारी दिवसका रूपमा मनाइने मार्च ८ लाई २०१७ तिर धनकुटाका केही शिक्षिकाले ’आइमाई दिवस’को रूपमा मनाएको जानकारहरू बताउँछन्।
वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई ’अन्तर्राष्ट्रिय नारी दिवस’को रूपमा मनाउन थालेको बताइन्छ।
२०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा ’अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाएको बताइन्छ।
२०४६ सालको आन्दोलनपछि ’महिला दिवस’ भन्न थालिएपनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट ’श्रमिक महिला दिवस’ नाम दिइ मनाइएको पाईन्छ ।
श्रम कानुन ०७४ (दफा ४१) ले ’अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत ’अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा ८ मार्च मनाउने निर्णय गरेको बताइन्छ।
महिलाहरूको सामाजिक‚ राजनैतिक‚ आर्थिक जीवन परिवर्तनमा धेरै हदसम्म भूमिका खेलेको बताइने यो अभियानले श्रमिक तथा आम महिलाहरूको जीवनमा भने अझै पनि उल्लेख्य प्रभाव पार्न नसकेको महिला आन्दोलनमा होमिएकाहरूको अनुभव छ।
२०३७ सालमा झापामा पहिलो पटक ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको जानकारहरू बताउँछन्।
तर श्रमिक महिलाहरू स्वयम् संलग्न भइ ८ मार्च मनाउन थालेको हेटौँडा कपडा उद्योगबाट २०३८ सालमा हो भन्ने ईतिहास पाउन सकिन्छ । तत्कालीन नेपाल स्वतन्त्र मजदुर युनियनमा रही मजदुर सङ्गठन निर्माण गरि हेटौँडामा ०३८ सालमा श्रमिक महिलाहरूको समान अधिकार र सुविधाको नारासहित विशाल जुलुस आयोजना भएको पाईन्छ । मार्च ८मा विदा पाउन छलफल गरि आन्दोलन गरिएको थियो “तर पञ्चालतकालमा त्यो कार्य सजिलो थिएन। आपसी छलफलपछि अन्ततः ८ मार्च मनाउने निर्णय भयो। ८ मार्चको बिहान हेटौँडा कपडा उद्योग सामु श्रमिक महिलाहरू भेला भई ठूलो जुलुस निकालीएको रहेछ । हेटौँडा बजार घुमेर भुटनदेवी माविको प्राङ्गणमा पुगि आमसभा भएको थियो ।
८ मार्चको प्रभाव
राजनीतिक तवरबाट शुरू भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय श्रमिक महिला दिवसका विषयहरू हुने गरेका छन्।
महिला हक अधिकार र समानताको लागि भएका कार्यहरूको स्मरण गर्दै भावी योजनाहरूबारे चर्चा गर्ने अवसरको रूपमा पनि यो दिनलाई लिने गरेको महिला अधिकारकर्मीहरू बताउँछन्।
राजनीतिक सहभागिता, पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै जानुमा दिवसको पनि हात रहेको विश्वास गर्न सकिन्छ । दयनीय अवस्थामा दिन र रात कटाइरहेका धेरै महिलाहरू हाम्रै समाजमा छन्। उनीहरूलाई महिलाका लागि भनेर बनेका नीतिबारे जानकारी छैन।
श्रमिक दिवस मनाइरहँदा स्थानीय स्तरमा रहेका महिला श्रमिकहरूले के गरिरहेका छन् त पछिल्लो समय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई धेरै भव्यका रुपमा मनाउन थालिए पनि इट्टाभट्टी, घरेलु श्रम गर्ने जस्ता विभिन्न कामहरूमा गरिरहेका महिलाहरु यो दिवसको बारेमा जानकार छैनन ।कागजि अधिकार पाइए तापनि आफ्नो अधिकारलाई प्रयोग गर्न नसकेका दयनीय अवस्थामा दिन र रात कटाइरहेका धेरै महिलाहरु हाम्रो समाजमा छन्। उनीहरूलाई महिलाका लागि भनेर बनेका नीतिबारे जानकार छैन।
हामीले राष्ट्रपति महिला पाएका थियौँ‚ प्रधानन्यायाधीश महिला पायौँ‚ सभामुख पनि महिला पायौँ‚ तर श्रमिक महिला‚ घरभित्र दिनरात परिवारको लागि खटिने गृहिणी अनौपचारिक काम गर्ने महिलाको श्रमको मूल्य मान्यता र उसको आत्मसम्मान र सुरक्षाको बारेमा निर्धक्क बोल्ने महिला पाएनौ’ महिला हकहितमा बोल्न खुट्टा कमाउने बोली लरबराउने र आफूमाथिको विश्वास अरूमाथि टेकेर गर्ने अवस्था रहुञ्जेल महिला आन्दोलनमा ८ मार्च वा अरू कुनै दिवसले प्रभाव पार्न नसक्ने देखिन्छ ।
कानुनले महिलालाई सशक्त बनाइएको भएपनि त्यसको कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू अझै अन्यायमा परिरहेको छन् ,महिलाबारे बनेका सरकारी नीतिनियम र कानुनबारे आमनागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिलाहरू पछाडि नै परिरहेको कैयौँको भनाइ छ।
यस वर्षको नारि दिवस सम्र्पुण महिलाको आत्म सम्मान सहित वाच्न पाउने अधिकार सुनिश्चित होस शुभकामना ।।।