हिन्दु संस्कार संस्कृतिमा महिलालाई पुज्ने गरिएको छ । समय चक्र संगै सामाजिक रुपान्तरणमा भने महिला अझै निकै पछाडि देखिन्छ । प्राचिन कालदेखि आधुनिक कालसम्म अर्थात् वर्तमान समयसम्मको हिन्दू परम्परामा महिलाको स्थिति परिवर्तनशील पाइन्छ । हाम्रो समाज प्राचिन समयदेखि नै पुरुष प्रधान रहिआएको छ । यद्यपि अति प्राचीन समयमा महिलाहरू नै प्रधान रहेको अर्थात् मातृप्रधान समाज रहेको उल्लेख विभिन्न विद्वान्हरूले गरेका छन् ।
सृष्टि रचना सगँ जोडेर हेर्दा महिला र्सवमान्य देखिन्छ । व्यवहारमा अनेकौं विविधता पाइए पनि शास्त्रीय मर्यादाका दृष्टिले हिन्दू सामाजिक परम्परामा महिला सम्मानको परम्परा रहिआएको छ । पुरातन समाजमा महिलाहरू पूज्य थिए र आजसम्म पनि श्रीमतीबिना हिन्दूहरूको कुनै पनि धार्मिक संस्कार पूरा हुँदैन । श्राद्ध, पुजा पाठ जस्ता कर्म गर्नु पर्दा आज पनि श्रीमति महिनाबारी भएकी छन् भने सवै कर्म रोकिने गर्दछ ।
महाकवि कालिदासले रघुवंश महाकाव्यको सुरुको श्लोकमै ‘पार्वतीपरमेश्वरौ’ भनेर शिवभन्दा पहिले माता पार्वतीको नमन गरेका छन् ।
हिन्दू परम्परामा दुर्गा, काली, लक्ष्मी, सरस्वती आदिलाई शक्ति, धन एवं ज्ञानको प्रतीकका रूमा पूजा गरिन्छ । त्यसैले त हामी आफ्नो देशलाई समेत नेपाल आमा भनेर सम्मान प्रकट गर्छाैं ।महिलालाई हिन्दू संस्कारमा सिद्धान्ततः उच्च दर्जा प्रदान गरिएको छ । हिन्दू आदर्शअनुसार महिलाहरूलाई अर्धाङ्गिनी भनिएको छ । मातृत्वप्रतिको आदर हिन्दू संस्कारको विशेषता हो ।
समयमा महिलाको स्थिति उनीहरूको आत्मविश्वास, शिक्षा, सम्पत्ति आदिका दृष्टिले पुरुष समान थियो । वैदिक युगमा महिलाहरूलाई कुलदेवी मानिन्थ्यो ।
बौद्धिक युग सभ्यता एवं संस्कृतिका दृष्टिले महिलाहरूको चरम उन्नतिको युग थियो, नारी शक्तीको प्रतिभा, तपस्या एवं विद्वत्ता सबै विकासोन्मुख हुनुका साथै पुरुषहरूलाई नै परास्त गर्नसक्ने किसिमको थियो । उक्त समयमा महिलाको स्थिति उनीहरूको आत्मविश्वास, शिक्षा, सम्पत्ति आदिका दृष्टिले पुरुष समान थियो । वैदिक युगमा महिलाहरूलाई कुलदेवी मानिन्थ्यो । त्यतिबेला पनि महिलाहरू केवल घरमा मात्र सीमित थिएनन् । उनीहरू रणक्षेत्र एवं अध्ययन–अध्यापनमा समेत पुरुषसँग काँधमा काँध मिलाएर अघि बढ्थे अर्थात् उनीहरूबीच लैंगिक समानता थियो । गार्गी, मैत्रेयी, घोषा काक्षिवती, लोपामुद्रा, अरुन्धती, अनसूया, कैकेयीजस्ता नारीहरूका बारेमा अध्ययन गर्दा यही तथ्य फेला पर्छ ।
यज्ञमा पनि महिलालाई सर्वाधिकार प्राप्त थियो । वैदिक कालमा युवतीहरूको गतिविधिमा कुनै रोक थिएन न त उनीहरूलाई कसैसँग भेट गर्न नै प्रतिबन्ध थियो । मैत्रेयी, गार्गी, अनसूया शास्त्रार्थमा पारङ्गत थिए भने घोषा त वैदिक मन्त्रद्रष्टा नै थिइन् । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने उक्ति उक्त समयका लागि सर्वथा उचित थियो । महाभारतमा उल्लेख भएअनुसार उक्त कालमा सुसंस्कृत एवं सुशिक्षित पत्नी नभएको घरलाई घर नै मानिँदैनथ्यो । गृहिणीविहीन घर जंगलसरह मानिन्थ्यो र पत्नीलाई पतिसरहकै अधिकार प्राप्त थियो ।
विवाहमा वरलाई वरण गर्ने सन्दर्भमा कन्याको इच्छालाई पूर्ण मान्यता दिइन्थ्यो जसको उदाहरण स्वयम्वर प्रथालाई मान्न सकिन्छ । त्यतिबेला गान्धर्व विवाह पनि उत्तिकै प्रचलित थियो जसले महिला–पुरुष समानतालाई दर्शाउँछ । वर्तमान समयसम्म आइपुग्दा हाम्रा वैवाहिक संस्कारमा महिला र पुरुषलाई समान हैसियत प्राप्त छ । हिजोआजका हिन्दू वैवाहिक संस्कारमा पनि महिला–पुरुष समानताको अपेक्षा गरिएको पाइन्छ । यसैगरी वैदिक कालमा पुत्रको अभावमा पिताको सम्पत्तिको अधिकार पुत्रीको हुन्थ्यो । विभिन्न पुराणहरुमा पति–पत्नी दुवै समान रूपले धनका मालिक हुन् । यसले पनि महिला–पुरुष समानताको वकालत गरेको छ ।
वैदिक कालपछि महिलाको स्थिति केही खस्किएको र पछि त धर्मशास्त्रमा बालविवाह, बहुविवाह आदि प्रचलन थप्दै ‘न स्त्री स्वातन्त्र्यमर्हति’ अर्थात् महिलालाई स्वतन्त्र हुन दिनु हुँदैनसम्म भनियो । यद्यपि संस्कारमा महिलालाई पूर्ण उपेक्षा गर्न भने कसैले सकेनन् । शास्त्रमै भए पनि महिलालाई उच्च स्थानमै राखियो । अझ मनुस्मृतिले त महिलाप्रति उच्च सम्मान दर्शाएको पाइन्छ, । केही उदाहरणबाट यो कुरा पुष्टि हुन्छ ः जुन कुलमा महिलाहरू शोकमग्न रहन्छन् त्यो कुलको शीघ्र विनाश हुन्छ । जुन कुलमा महिलाहरू सदैव प्रसन्न रहन्छन् उक्त कुल सदैव उन्नतितर्फ उन्मुख हुन्छ । जहाँ महिलाहरूको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । यसरी महिलाका पक्षमा उच्च सम्मान दर्शाउने मनुस्मृति कतिपय सन्दर्भमा भने महिलाविरोधी भनाइका कारण आलोच्यसमेत छ । पछिल्लो समय मनुस्ममृतिमा लेखिएका केहि महिला विरोधि भनाईलाई पुरुषवादी सोचले उचाल्दै जादा राम्रा कुरा पछि परे भने नराम्रा कुरालाई व्याख्या गर्दै लगीएको पाईन्छ ।
हाम्रा कतिपय शास्त्रीय प्रसंगमा पनि महिलाको सम्मान गर्नुपर्ने कुरामा जोड दिइएको पाइन्छ । श्री श्वोस्तानि कथामा महिलाको कति महत्ब र्दशाइएको छ तर त्यहा लेखिएको नराम्रा कुरालाई व्याख्या वढि गरीएको छ । भनिएको छ–संसाररूपी समुद्रमा डुब्न लागेका पुरुषहरूको उद्धार महिलाले गर्छन् । जो सपत्निक अर्थात् विवाहित हुन्छन् उनीहरू विश्वसनीय मानिन्छन् । यसकारण पत्नी पुरुषका लागि विश्वासको पर्याय एवं गति प्रदान गर्ने खालका हुन्छन् । हिन्दू संस्कारमा महिलालाई गौरी तथा भवानी देवी मानिन्छ । त्यसैले दसैंमा नवदुर्गा भवानीको प्रतीकस्वरूप नौ वटी कन्याको पूजा गरिन्छ । श्राद्धमा पत्नीको हातबाट लिएर पिण्डदान गर्दा पितृहरू प्रसन्न हुने तथा उनीहरू सय संवत्सर अर्थात् सय वर्षसम्म तृप्त हुने विश्वास छ । यसबाट पनि महिलाविना हिन्दू संस्कार अपूरो रहने कुरा प्रस्ट हुन्छ । तिहारका बेला धन र सम्पतिको प्रतिक लक्ष्मिको पुजा गरीन्छ । जुन घरमा लक्ष्मिको बास हुन्छ त्यो घर स्र्वग वन्छ जहाँ नारीले धन सम्पतिको संरक्षण गर्दछिन त्यहाँ आर्थिक पारर्दशीता भएको कुरा प्रस्ट हुन्छ ।
संसाररूपी समुद्रमा डुब्न लागेका पुरुषहरूको उद्धार महिलाले गर्छन् । जो सपत्निक अर्थात् विवाहित हुन्छन् उनीहरू विश्वसनीय मानिन्छन् । यसकारण पत्नी पुरुषका लागि विश्वासको पर्याय एवं गति प्रदान गर्ने खालका हुन्छन् । हिन्दू संस्कारमा महिलालाई गौरी तथा भवानी देवी मानिन्छ ।
प्राचीन हिन्दू समाजमा पुनर्विवाह एवं सम्बन्धविच्छेदको समेत व्यवस्था थियो । प्राचीन कालमा कुनै कारणवश पत्नीको परित्याग गर्न त सकिन्थ्यो तर त्यसका लागि पत्नीसँग अनुमति लिनुपथ्र्यो । पत्नीको अनुमति नपाई त्यागेको खण्डमा उक्त पुरुष सामाजिक बहिष्करणमा पर्नसक्थ्यो, ऊ पापको भागी हुन्थ्यो हिन्दू समाजमा महिलालाई राज्य सञ्चालनको अधिकार थियो । जसका अनेकौं उदाहरण छन् । भक्तपुरकी देवलदेवी, नायकदेवी, कश्मिरकी रानी सूर्यमती, काकतीय रानी रुद्रम्मादेवी आदि अनेकौं हिन्दू महिलाले आ–आफ्नो समयमा शासन गरेका थिए ।
हिन्दू परम्परामा दिदीबहिनीलाई खुट्टामै ढोगिन्छ । यसरी ढोग्नुको अर्थ प्रेम एवं सद्भावनाका साथ अझ निकट सम्बन्ध स्थापित गर्नु हो । सम्मानले जीवनमा ठूलो भूमिका निर्वाह गर्छ । एक–अर्काप्रतिको निःस्वार्थ सद्भाव एवं समर्पणले सम्बन्ध प्रगाढ हँुदै जान्छ । यही कुरा मनन गरेर हिन्दू परम्परामा महिलालाई विशेष आदर गर्न सिकाइएको छ । पुरुषले महिलाको गोडामै ढोग्नुपर्ने संस्कार छ । हिन्दू परम्परामा आमा तथा दिदीबहिनी भनेका नारी शक्ति हुन् र उनीहरूलाई ढोग्दा साक्षात् गंगा, जमुना, सरस्वतीलाई ढोगेसरह हुन्छ भनिन्छ । बिबाह सस्कारमा पनि पतिले पत्नीको गोडा पुजा गरेर मात्र आफ्नो वनाईने गरीन्छ ।
सबै वर्णका नारी जाति सधैं सुरक्षित हुन्छन् त्यस घर स्र्वग बन्छ । दिदीबहिनी, श्रीमती, छोरी र बुहारी जुन घरमा दुःखी भएर कचकच गरिरहन्छन् वा रुन्छन् त्यो घर नरक बन्दछ धन, पशु, कुलसहित नष्ट भएर जान्छ ,तसर्थ नारीलाई चरणमा ढोगेर खुसी तुल्याउने प्रयास गर्नु हिन्दू संस्कार हो । पौराणिक कथनअनुसार राजा अश्वपतिकी छोरी सावित्रीले आफ्ना श्रीमान् सत्यवान्लाई यमराजकहाँबाट फिर्ता ल्याएपछि उनले छोरी सावित्रीको चरणमा ढोगेका थिए । छोरीले यति ठूलो काम गर्न सक्छिन् भन्ने जानेर त्यही शक्तिका कारण उनीहरूलाई ढोग्न थालिएको हो भन्ने हिन्दूहरूको मान्यता छ । त्यस्तै हिमालय पर्वतकी छोरी पार्वतीको विलक्षण प्रतिभा देखेर पर्वतवासीहरूले छोरीलाई ढोग्ने चलन चलाएका हुन् भन्ने अर्को भनाइसमेत छ । जे होस्, महिलालाई आदर एवं सम्मान गर्नु हिन्दू परम्पराभित्रको उच्च संस्कार हो ।
तर पछिल्लो समय नारी माथिका ज्याजति र्हेने हो भने हामी कुन सस्कार सस्कृति मानी आएका हौ भन्ने भान हुन्छ । कतै बलात्कार कतै कुटपिट जस्ता अपराध मौलाई रहेका छन् ।
आज आधा आकाश ढाक्ने नारी वर्ग अशिक्षित हुँदा राष्ट्रको एउटा अङ्ग नै आशिक्षत हुँदा, सिङ्गो राष्ट्र नै अशिक्षाले अपाङ्ग बनेको छ । पश्चिमी मुलुकमा जे जति उन्नति र विकास भएको छ त्यो सबै नारी र पुरुषप्रतिको समान हेराइ र सोचाइ नै हो । त्यसैले समान व्यावहार गरौ र सवल र सक्षम समतामुलक समाज निर्माणमा सगँै जुटौ ।
नारीलाई अबला र कमजोर ठानिन्छ । नारीलाई केबल बच्चा जन्माउने यन्त्र मात्र ठान्ने अनि कुवाको भ्यागुतोजस्तो बनाएर सधैँ चुलो चौकोमा मात्र सीमित राख्ने प्रवत्ति अझै विद्यमान छ । एउटै घरपरिवारमा पनि दाजुभाइ झोला बोकेर विद्यालय जाने र दिदी बहिनी अँध्यारो मुख लाग्दै डोको र नाम्लोसित जङ्गलतर्फ जानुपर्ने पक्षपात पूर्णव्यवहार एउटै गर्भबाट जन्मिएका आमाबुबाका सन्तानका लागि भए गरेको देखिन्छ । जुन मानवका लागि अशोभनीय कुरा हो । अर्कोको घरमा जान, अर्कोको नासो भन्दै छोरीलाई विद्यालय नपठाएर नारी शिक्षाबाट विमुख बनाउँदा आमा बुबाको मुटु पनि चसक्क हुनुपर्ने हो । समाजमा व्याप्त यो विडम्बना हटाउन नारीलाई आत्मानिर्भर तुल्याउने शिक्षा दिनु आवश्यक छ ।