हिजो बेलुका कालु (काल) लाई फोन गरेँ , हामी सानो छदाको साथी थियौं, के छ खबर भनेर । उस्ले जवाफ दियो ठिक छ यार तर आज भोलि कसैलाई पनि उठाउन मन लाग्दैन यार, यो जागिर छोडनु पर्छ कि ?
अनि मैले भने तँ काल भएर मानव जाती माथी किन दया माया ? तेरो दया माया गर्ने कुनै अधिकार छैन भने उ सुक सुक गर्दै रोएको आवाज आयो अनि म पनि संगै रोएँ उ संग । किन रोएको सोधेँ उसले रुदै भन्यो , यार मेरो लिस्टमा तेरो नाम पो लेखिएको छ , उ रुदै भन्यो । अरे यार यसमा त किन यति दुखि हुनु पर्यो त ? तेरो काम नै यहि हो त अनि म पनि किन दुख मान्नु ।
यो तेरो पृथ्वी होइन यहाँ मोबाइल, फेसबुक, टिकटक, इन्ष्ट्राग्राम ,ट्विटर केही चल्दैन । अनि अस्ति तँ संग कुरा भाको हैन । हो तेति बेला म छुट्टी मनाउन पृथ्वी तिर गएको थिएँ। लौ अब जाउँ है जाने बेला भयो उस्ले भन्यो ।
तँ आफ्नो काम र कर्तव्य पूरा गर म मेरो पूरा गर्छु । उ फेरि रुदै थियो तेरो लागि कसैले उसको समय पुग्यो उसलाई अब उठाउनु भन्ने SMS आयो । तँलाई उठाउनु भन्दा बरु म यो जागिर छोडछु । उ फेरि रुदै भन्यो । अनि मैले भने तँ काल भएर पनि मलाइ यति धेरै माया गर्छस ? उ बोल्यो किन गर्दिन त मेरो साथी होस तँसंग बिताएको बाल्यकाल अबिस्मरणिय छ ।
मलाई दुःख पर्दा तैले कत्ति सहयोग गरेको थिइस। तँ जस्तो साथी कहाँ पाउलाँ फेरि। मैले भने अरे यो त सबै मानबको कर्तव्य हो दुखमा सबैलाई सहयोग गर्नु । अरे ! आज म छु भोलि कोहि अरु आउँछ । म भन्दा राम्रो म भन्दा माया गर्ने अनि मिल्ने, किन दुखि हुन्छ्स यार तँ । उ बोल्यो तेरो नामको धेरै उजुरि परेको रहेछ । तँ राम्रो मान्छे, तँ सबैलाइ सहयोग गर्न खोज्ने मान्छे, सबैको दुखलाइ आफ्नै दुख सम्झने मान्छे, तँ आफू रोएर अरुलाइ खुसी बनाउने मान्छे, सबैलाई समान रुपले हेर्ने मान्छे, यस्तो स्वभाव भएको मान्छे पृथ्वी लोकमा कुनै काम छैन तेसैले तलाइ यहाँ ल्याउने आदेश आएको छ, उ रुदै भन्यो ।
मैले भने ठिक छ त तेरो मालिकको आदेश अनुसार तैले पनि त काम गर्नु पर्यो । मालिकको आदेश पालना गर्नु पनि त तेरो कर्तव्य हो । उ फेरि रुदै भन्यो कुरा कर्तव्य र दायित्व को हैन । अनि के त फेरि ? मैले सोधे । उसले भन्यो यदि यसरी पृथ्वी लोक बाट राम्रो मान्छेहरुलाइ उठाएर लग्ने हो भने त यो पृथ्वी नर्क जस्तै हुन्छ। यति राम्रो सुन्दर संसारमा एक दिन नरसंहार हुन्छ ।
मान्छे भोकै मर्ने छ्न , नांगै हुनेछ, काटाकाट मारामार हुनेछ । अनि यो भयानक नरसंहार बाट जोगाउन कोहि त चाहियो । म पनि त यहि पृथ्वी बाट आएको हुँ । हामी संगै खेल्यै हुर्कियौं दुख सुख साटा साट भयो । तँ आफ्नो काममा लागिस, म आफ्नो काममा लागेँ । कोहि त चाहियो यो संसारलाइ जोगाउन । उसको कुरा गम्भीर थियो तर कुराले केही हुनेवाला थिएन ।
म जान्छु त अर्को कोहि आउला, यो संसारको नियम हो। भन तँ मलाई लिन कहिले आउदैछ्स ? उ सुक सुक गर्दै भन्यो भोलि बिहान आठ बजे ।
मैले भने अब धेरै भाबुक हुनु पर्दैन । म जान्छु त अर्को कोहि आउला, यो संसारको नियम हो। भन तँ मलाई लिन कहिले आउदैछ्स ? उ सुक सुक गर्दै भन्यो भोलि बिहान आठ बजे । ल अब अहिले फोन राखे भोलि भेटौंला । म त्यो रात भरी निदाइन । छेवैमा पल्टिरहेकी मैले मेरो श्रीमती लाई हेरेँ गहिरो निन्द्रामा थिइन । निन्द्रामा पनि हासे जस्तो देखिन्थ्यो । मैले उनलाई उठाउन मन लागेन । कति बेला निदाएछु पत्तै भएन ।
बिहान सधै जस्तै म आफ्नो नित्य काम सकाएर चिया पिउदै थिएँ घडी हेरेँ आठ बज्न केही सेकेन्ड मात्रै बाँकी थियो म चिया पिउदा पिउदै मेरो प्राण पखेर उडिसकेछ ।कालू (काल) मलाई लिएर जाँदै थियो बाटो लामो भएकोले हामी बाटोको एउटा चौतारीमा बस्यौं, थकाइ मार्दै थियौँ तल पृथ्वी तिर हेरेँ मान्छे हरुको भिड देखेँ । मेरो लास अगाडिको त्यो भिड ।
मेरो लास समातेर रुदै मेरा परिवार, मेरा साथी भाइ, मेरा आफन्तहरु उभिएर आँसु झार्दै गरेको देखेँ । मेरो मन थामिएन मेरा पनि आँसुका धारा बगेछ । मेरा आँसुले मेरो श्रीमतिको सिउँदो पखालिएछ। मेरो आँसु उनको सिरबाट बग्दै उनको आँसु संगै मिसिएछ । म उनको आँसु संग संगै बगेर केही समयको अन्तिम साथ दिएँ। मैले माफी मागें । यो सबै कालुले हेरिरहेको थियो ।
मेरो आँसु उनको सिरबाट बग्दै उनको आँसु संगै मिसिएछ । म उनको आँसु संग संगै बगेर केही समयको अन्तिम साथ दिएँ। मैले माफी मागें ।
उसले मलाई बोलाउदै भन्यो , त्यहाँ पर हेर त ,को हो एक्लै बसि रोहिरहेको ? मैले त्यता हेरें अनु रहिछन । को हो उसले सोध्यो ? मैले अनु हो भनेँ । को अनु ? उसले फेरि सोध्यो । हो कोहि जसलाई म धेरै मन पराउथे तर उनी मलाई मन पराथिइनन । अनि किन रोएकी उनी ? फेरि सोध्यो । एक चोटि फोन गरेर सोधुँ है ,खै ले त तेरो मोबाइल ।
उसले भन्यो यो तेरो पृथ्वी होइन यहाँ मोबाइल, फेसबुक, टिकटक, इन्ष्ट्राग्राम ,ट्विटर केही चल्दैन । अनि अस्ति तँ संग कुरा भाको हैन । हो तेति बेला म छुट्टी मनाउन पृथ्वी तिर गएको थिएँ। लौ अब जाउँ है जाने बेला भयो उस्ले भन्यो । मैले एक्लै बस्दै रुदै गरेको अनुलाइ हेरेर बाइ अनु भनी हात हल्लाए तर यस पटक पनि उनले मैले हात हल्लाएको देखिनन ।
(..अर्काे अंश नयाँ कथाबस्तुमा)