राजनिती

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

  २०८०-०३-२७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’...

गठन्धनको सरकार पाँच वर्षसम्म टिक्छः पूर्वप्रधानमन्त्री नेपाल

  २०८०-०३-२६        बोली खबर

पाल्पा। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने बताएका छन् । उनले समाजवादी मोर्चा गठनले पनि गठबन्धन र सरकारलाई मजवुद बनाउन थप टेवा पुग्ने दावी गरे । मंगलबार बिहान नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा...

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

  २०८०-०३-२३        बोली खबर

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत समाजवादी) पाल्पा जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को हृदयघातको कारण निधन भएको छ। ५२ वर्षीय पाण्डेयको शुक्रबार बेलुकी ७:०० बजे असामयिक निधन भएको परिवार स्रोतले जनाएको छ । खेतमा काम गरेको अवस्थामा एक्कसी छाती दुखेपछि उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमा उनको...

रामपुर नगरपालिकाद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण

  २०८०-०३-२२        बोली खबर

पाल्पा । नगर भित्रका क्याम्पस, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि पाल्पाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । मेयर छात्रवृत्ति कार्यक्रम मार्फत कक्षा १ देखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरिएको बताइएकाे...

माथागढीको बजार क्षेत्रमा सिसिटिभी जडान

  २०८०-०३-२०        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाले बजार क्षेत्रहरुमा सिसिटिभी जडान गरेको छ । समाजमा हुने अपराधिक क्रियाकलापका प्रकृति फरक फरक भएसंगै शान्ती सुरक्षालाई मध्यनजर गर्दै सिसिटिभी जडान गरेको हो । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले समाजमा हुने विभिन्न किसिमका अपराध, घटनालाई रोकथाम र न्यूनीकरण तथा शान्ति सुव्यबस्था एवं अमनचयन कायम गर्ने...

कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण

  २०८०-०३-२०        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । रामपुर नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्बन समुह र युवा समुहहरुलाई मंगलबार विभिन्न जातका घाँसको विरुवा वितरण गरेको हो । घाँसको विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी...

बगनासकालीकाे नीति तथा कार्यक्रमः गौरवको योजना चिलाङ्दी-मालारानी सडक देखि घरेलु मदिरा उत्पादन

  २०८०-०३-१९        बोली खबर

पाल्पा । बगनासकाली गाउँपालिकाले १४ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले गौरवको योजनाको रुपमा चिलाङ्दी चापपानी सडक अन्तर्गत चिलाङ्दी देखि मालारानीसम्म सडक खण्डको स्तरोन्नतीका लागि बिशेष प्राथमिकतामा राखेकाे छ । यसका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएकोछ ।   यस वर्ष गाउँपालिकाले टोल र वडाहरुबाट आएका योजनाहरुको आवश्यकता र...

तिनाउमा बाढी मापन यन्त्र जडान, बाढी आएपछि ‘साइरन’ बजाएर सूचना दिइँदै

  २०८०-०३-१९        बोली खबर

पाल्पा । बाढीबारे पूर्व सूचना दिने गरी तिनाउ नदीमा बाढी मापन यन्त्र जडान गरिएको छ । ३ वर्षअघि बगाएको तिनाउ नदीको दोभानमा रहेको बाढी मापन यन्त्र अहिले जडान भएको हो । जल तथा मौसम विभागका अधिकारीहरूका अनुसार १ हप्ताअघि बाढी मापन यन्त्र जडान गरिएपछि गत शनिवार र मंगलवार बिहान...

निर्वाचन आयोगको निर्णय : विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था

  २०८०-०३-१८        बोली खबर

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत...

रामपुर-पिपलडाँडा सडकखण्ड पुनःअवरुद्ध, बाटाे खुलाउने काम जारी (फाेटाेसहित)

  २०८०-०३-१८        बोली खबर

पाल्पा । साेमबार बिहानै देखि परेको अविरल वर्षाद संगै कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-पिपलडाँडा सडकखण्ड पुनः अवरुद्ध भएको छ ।  रम्भा गाउँपालिका वडा २ र वडा नं। ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले विहान देखि खस्न सुरु भएपनि पहिरो...