खेलकुद

भोली सार्वजनिक विदा

  २०७८-११-१८        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन

  २०७८-११-१४        boli khabar

पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन हुनु भएको छ। तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले आचार्यको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस...

आज बसन्त पञ्च्चमी पुजाआजा गरेर मनाइदै

  २०७८-१०-२३        boli khabar

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न

  २०७८-१०-१२        boli khabar

निस्दी अर्चलेको सिमलडाँडा र रनगुवामा खेलमैदान निर्माण सम्पन्न भएको छ । निस्दि गाउँपालिका वडा नम्बर-६,अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण कार्य सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको यसै आर्थिक बर्षको  ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरि ४ लाख रुपैयाँको लागतमा निर्माणकार्य...

महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

  २०७८-१०-०४        boli khabar

पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।...

कालीगण्डकी युवा क्लबको उपाधि नवलपुर डेढगाउलाई

  २०७८-१०-०१        boli khabar

पाल्पा, रामपुर नगरपालिका १ स्याउलिबजारमा २७ गते देखि भलिबल प्रतियोगिता भैरहेको छ ।शुक्रबार भएको खेलहरुमा भलिबल प्रतियोगिता ,डोरि तान्ने ,सटफुट र नृत्य प्रतियोगिता भएको छ। जसमा भलिबल प्रतियोगितामा नवलपुर डेढगाउ प्रथम भएको छ । डेढगाउले घिरिङ गाउपालिका १को टिमलाइ बेस्ट अफ फाइब खेलमा सोझो सेटमा जित हात पारेको हो...

रामपुर कालीगण्डकी युवा समाजको वार्षिकोत्सब सुरु

  २०७८-०९-२७        boli khabar

दानस मल्ल रामपुर कालीगण्डकी युवा समाज रामपुर १ स्याउलिबजार पाल्पा को १७ औं वार्षिकोत्सब शुरुभएको छ। यहि पौष २७ देखि ३० गते सम्म बिबिध कार्यक्रम गरि मनाउन लागेको कार्यक्रमको उद्घाटन कार्यक्रम का मुख्य पाहुना नगर खेलकुद बिकास समिती पाल्पा का अध्यक्ष शन्कर बहादुर खाडले गर्नु भएको हो।समाजका अध्यक्ष नारायण...

जुनताराको उपाधि हरिनास गाउँपालिकालाई

  २०७८-०९-२२        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा भएको गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधी स्याङ्जाको हरिनास गैराखोला र महिला तर्फको उपाधी निस्दी ५ गल्धाले हात पारेको छ । जुनतारा युवा क्लवको आयोजनामा गत पुस १६ देखि भएको प्रतियोगिताको उपाधीको लागि विहिबार भएको फाईनल खेलमा पुरुष तर्फ...

गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता तेस्रो दिन

  २०७८-०९-२०        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ दुर्गा मन्दीर टोल शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । मंगलबार भएको खेलहरुमा पहिलो राउण्डको अन्तिम खेल आज जागरण गैडाकोट र डुम्रीबेशी तनहुँ विच भएको खेलमा जागरण गैडाकोटले सोझो सेटमा जित हात पारेको छ ।दोस्रो चरणको पहिलो खेल रामपुर...

रामपुरमा गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता जारी

  २०७८-०९-१८        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । आइतबार भएको खेलहरुमा मुनस्टार बि र बिरुवा गाउँपालिका चिन्नेबास बिच भएको खेलमा चिन्नेबासले सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेल निस्दि गाउँपालिका गल्धा र चापाकोट दामाचौर बिच भएको खेलमा...