समाचार

रामपुर नगरपालिका वडा नं ४ ले वार्षिक नीति तथा योजना तर्जुमा सम्पन्न

  २०८१-०२-१०        boli khabar

पाल्पा,रामपुर नगरपालिका वडा नं ४ ले वार्षिक नीति तथा योजना तर्जुमा तथा विविध तालिम बुधवार सम्पन्न गरेको छ।जेठ ५ गतेदेखि टोल विकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखीकरण, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु गरेको हो ।रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामबहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख...

रम्भा गाउँपालिका –५ रुखबाट लडेर एक जनाको निधन

  २०८१-०२-०४        boli khabar

 संगीता आचार्यपाल्पा, जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो । रुखमा चढेर घाँस काट्दै गर्दा मगर अचानक लडेकी...

नवलपुरको अरुणखोला बाट पाल्पाको निस्दि आउदै गरेको जीप दुर्घटना

  २०८१-०२-०२        boli khabar

पाल्पाको निस्दी गाउँपालिका–४, मा बुधबार अपरान्ह जिप दुर्घटना भएको छ । नवलपुरको अरुणखोला बाट पाल्पाको निस्दी–३, खादर तर्फ आउँदै गरेको डबल क्याप पिक अप जिप मित्यालको लामेदमारमा दुर्घटना भएको हो । मित्याल अरुणखोला सडक खण्ड अन्तर्गत भित्री सडक खण्डको मतियारडाँडामा लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले...

निस्दीमा बालबिबाह विषयक वाकतृत्वकला प्रतियोगिता सम्पन्न

  २०८१-०२-०१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा बालबिबाह अन्त्यको लागि हाम्रो भुमिका विषयक वाकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा २४ वटा आधारभूत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको प्रतियोगितामा प्रथम बालहित मावि सहलकोटकी भुमिका समाल, दृतीय सरस्वती मावि गल्धाका विवेक...

रामपुर सहकारीले स्थापना दिवस मनायाे

  २०८१-०२-०१        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि ले २४ औ स्थापना दिवस मनाएकाे छ । संस्थाकाे कार्यालय संचालन गरेकाे १७ औ अवसरमा स्थापना दिवस मनाएको हाे । दिवसको अबसरमा बिपतमा सहकारी सदस्य सङ्ग सङ्गै कार्याक्रम अन्तरगत अग्नि पीडितलाइ राहत बितरण गरेको छ । गत बैशाख १९ गते...

जलवायु परिवर्तन, जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण

  २०८१-०१-३०        boli khabar

जलवायु परिवर्तन र जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण सम्पन्न भएको छ । जनचेतना जगाउने अभिवृद्धिले क्लाइमेट केयर नेटवर्क नामक युवाहरूको समूहले यसै हप्ता दक्षिणकाली नगरपालिकामा “क्लाईमेट क्रियटिभिटी कन्टेस्ट” कार्यक्रम गरेको हो । ब्रिटिश काउन्सिल र आयोन नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिका भित्रका सरकारी र गैरसरकारी बिद्यालयका...

एमाले रामपुर नगर कमिटीको अध्यक्षमा लिल बहादुर गाहा निर्विरोध निर्वाचित

  २०८१-०१-२४        boli khabar

पाल्पा, नेकपा एमाले रामपुर नगर कमिटीको अध्यक्षमा लिल बहादुर गाहा निर्विरोध निर्वाचित हुनु भएको छ । सोमबार भएको दोस्रो अधिवेशनले गाहाको अध्यक्षतामा ६७ सदस्य नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा विशाल श्रेष्ठ (अशोक), सचिवमा लोकनाथ भट्टराई, उपसचिवमा पदम बहादुर अधिकारी, जानदबी अधिकारी चयन हुनु भएको छ...

मन्त्री पन्थी द्वारा आगलागी प्रभावित बस्तीको निरीक्षण तथा भेटघाट

  २०८१-०१-२४        boli khabar

पाल्पा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले रामपुर ४ र ५ को आगलागी प्रभावित बस्तीको निरीक्षण तथा भेटघाट गर्नु भएको छ । सोमबार वडा नं. ४ को समाङसिङ र वडा नं. ५ को गैरा गाउँ पुगेर आगोले क्षति गरेको बस्तीको निरीक्षण गर्नु भएको हो । अग्नी...

रामपुर राम्चे बनमा भीषण आगोलागी

  २०८१-०१-२२        boli khabar

पाल्पा, राम्चे सामुदायिक वनमा यति बेला भिषण डढेलो लागि रहेको छ । शनिबार दिउँसो १२ बजे देखि राम्चे बनको झाँक्री थान भन्दा माथिल्लो भाग बाट सुरु भएको आगोले भिषण रुप लिएको हो । गत बुधबार रामपुर ५ को गैरा क्षेत्र बाट सुरु भएको आगो फैलिदै राम्चे वनमा पसेको थियो ।...

नेकपा एमाले तानसेन दाेस्राे अधिवेशन आत्रेय पुनः

  २०८१-०१-२०        boli khabar

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको दाेस्राे अधिवेशन बाट गुराँश आत्रेय पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पसकाे सभाहलमा भएको नेकपा एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित आत्रेय सहित तानसेन नगर कमिटीमा उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली...