प्रदेश १

निस्दी आवाजद्वारा आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान

  २०८०-०९-१०        बोली खबर

पाल्पा । निस्दी आवाज युवा सञ्जालले निस्दी गाउँपालिका वडा नम्बर -३, झिरुबास, क्याङरुङको आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गएको शनिबार भएको आगलागी पीडित श्याम बहादुर पल्लीको परिवारलाई राहत प्रदान गरेको हो। निस्दी आवाज युवा सञ्जालका प्रतिनिधिहरु पल्लीको घरमा पुगेर तत्कालको लागि अत्यावश्यक खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा...

नवलपुरको जंगलमा सासू बुहारी मृत फेला

  २०८०-०९-०९        बोली खबर

पाल्पा । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सासू...

आज ‘क्रिसमस डे’ मनाइँदै, आज देशभर सार्वजनिक बिदा

  २०८०-०९-०९        बोली खबर

पाल्पा। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि...

पूर्वखाेला गाउँपालिकाकाे ‘एकीकृत घुम्ती शिविर’ सबै सेवा घरदैलोमा

  २०८०-०९-०८        boli khabar

पाल्पा । पूर्वखाेला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर मार्फत घरदैलोमा सेवा प्रदान गरेको हो ।  सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर गाउँपालिकाको केन्द्रसम्म आउनुपर्ने...

निस्दीको झिरुबासको एक घरमा आगोलागी, एक नबालकको मृत्यु (तस्बिर सहित)

  २०८०-०९-०७        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–३ क्याङ्गरुङ्गमा (शनिबार) आगोलागीमा परी एक शिशुको मृत्यु भएको छ । क्याङ्गरुङ्ग स्थित श्याम बहादुर पल्लीको घरमा आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको हो । छोरीलाई झोलुङ्गोमा सुताएर दुई छोराहरु घरमा छोडेर आमा हेमसरी पल्ली सहित परिवारका अन्य सदस्य काममा गएको बेला...

निस्दीको गल्धामा लडेर एक वृद्धको मृत्यु

  २०८०-०९-०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.५  गल्धामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा *निस्दी–४, मित्याल खोप्लक बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहेको छ । बुधवार राति रामपुरबाट अस्पतालमा विरामी छाडेर घर फर्किने क्रममा बाटोबाट चिप्लिएर लड्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । घाइते खाम्चाको रामपुरस्थित रामपुर...

रामपुरमा निस्दीकाे ‘काेशेली घर’

  २०८०-०९-०४        बोली खबर

पाल्पा ।  रामपुरमा निस्दीकाे ‘काेशेली घर’काे शुभारम्भ भएकाे छ ।  निस्दी गाउँपालिकाको सहयोगमा स्थानीय उत्पादन बजारसम्म पुर्याउने उद्देश्यले कोशेली घर शुभारम्भ भएको हाे । स्थानीय उत्पादन बृद्धि र बजारीकरणमा स्थानीय तहको भुमिमा महत्वपुर्ण हुने भन्दै गाउँपालिकाको सहयोगमा निस्दीका ३ वटा महिला सहकारीको समन्वयमा कोशेली घर सञ्चालनमा ल्याइएको हो ।...

‘जल्पा घोषणापत्र’ जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैठक  

  २०८०-०९-०१        boli khabar

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प...

माथागढीका महिलाहरुलाई मसला बनाउने तालिम

  २०८०-०८-२९        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाले महिलाहरुलाई मसला बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिएको हो । माथागढी गाउँपालिका वडा नं. ३ मा रहेको मसला उद्योग भवनमा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाईएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम...

लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई महिनावारी बिदा

  २०८०-०८-२८        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते...