प्रदेश ५

माथागढीमा जनप्रतिनिधि र पत्रकार बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

  २०८०-०७-०१        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना...

न्यु युथ युनियन तानसेनलाई ज्योतिपुञ्ज कपको उपाधि

  २०८०-०६-२९        बोली खबर

रामपुर । आईतबार सम्पन्न ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लब, तानसेन पाल्पाले जितेको छ । डर्बी भिडन्तका रुपमा रहेको फाइनलमा न्यु युथ युनियनले अर्को पाल्पाली टोली आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई हराउँदै च्याम्पियन बनेको हो । रामपुर–७, किसानबारीमा आयोजक क्लब कै खेलमैदानमा भएको उपाधि...

आजदेखि दसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत

  २०८०-०६-२८        बोली खबर

पाल्पा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र...

निस्दीकाे ज्यामिरेमा बिजुली बल्याे, स्थानियबासी खुसी

  २०८०-०६-२५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा केन्द्रिय प्रशारण लाईनबाट पहिलो पटक बिजुली बलेको छ । साविक ज्यामिरेकाे वडा नं. २  ज्यामिरे, माेटेखरक, वडा नं. ३ अधमारा, सिन्दुरे वडा नं. ९ सिमलडाँडा र माेटेखरकमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बलेको हाे । सामुदायिक विद्युतका लागि बर्सेनि रकम बुझाउँदै आएतापनी...

रामपुर नगरपालिकाद्धारा बजार अनुगमन

  २०८०-०६-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले नगर भित्रका मुख्य बजारको अनुगमन गरेको छ । रामपुर नगरपालिकाले सोमबार वडा नं. ५ को सानीअमराई, मटेरी र वेझाँड बजार क्षेत्रको अनुगमन गरेको हो । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाले खाद्य पसल र होटल व्यवसायको अनुगमन गरेको हो । पसल व्यवसाय दर्ता , नविकरण भए नभएको...

ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु, सामाजिक विकास मन्त्रीद्धारा उद्घाटन् (तस्बिर सहित)

  २०८०-०६-२२        बोली खबर

पाल्पा । रामपुर–७ किसानबारीमा आज (सोमबार) देखि ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा विशेष समारोहका बीच आज कपकाे उद्घाटन भएको हाे । कपको उद्घाटन गदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तले संघियता पूर्ण रुपमा कार्यान्वयन नभएपनि खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता...

पाल्पाकाे रामपुरमा जेसिबि पुरिँदा चालकको मृत्यु

  २०८०-०६-२२        बोली खबर

पाल्पा  । सडक मर्मतको क्रममा खसेको सुख्खा पहिरोमा परी जेसिबि चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१०, पाल्पाकाे बर्दले बाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्ने क्रममा खसेको पहिरोमा परी शान्तिनगर गाउँपालिका १ दाङका ३० वर्षिय धनबिर खड्काको मृत्यु भएको हो । सडक मर्मत गरिरहेको अवस्थामा बा २...

अबिरल बर्षाले निस्दी खोलाकाे पक्की पुलमा क्षति

  २०८०-०६-१८        बोली खबर

पाल्पा । अबिरल बर्षादका कारण रामपुर नगरपालिका वडा नं. २ र ३ जोड्ने निस्दी खोला पक्की पुलमा क्षति पुगेकाे छ ।  बुधबार दिउँसो अविरल वर्षाद संगै आएको भेलले क्षति पुगेकाे हाे । कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको दुई लेन पुल निर्माणको क्रममा नदीको बहाव परिवर्तनका लागि थुपारिएको बालुवा...

रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने

  २०८०-०६-१६        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् । नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजश्व...

रामपुरकाे बेझाँड बजारमा बृहत लाखेनाच प्रदर्शनी (तस्बिर सहित)

  २०८०-०६-१३        बोली खबर

पाल्पा । रामपुरकाे बेझाँड बजारमा बृहत १३ औं लाखे लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १३ औं लाखे नाच प्रदर्शनी भएको हो । विशेष गरी जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिने लाखेनाच...