मूख्य समाचार

माथागढीको नीति कार्यक्रमः पर्यटन विकास देखि १५ सैया अस्पताल निर्माण

  २०८०-०३-११        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाको १३ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको छ । आ।व। २०८०।८१ को लागि प्रस्तुत गरिएको नीति कार्यक्रम सभाले पारित गरेको हो । सभाले पर्यटन विकास देखि १५ सैया अस्पताल निर्माण गर्ने विशेष नीति लिएको छ । पर्यटन तर्फ कौडेलेख, माथागढी, बहादुरपुर, लखनथापा पार्क, माथागढीमा...

कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउन १ करोड २० लाख

  २०८०-०३-०९        बोली खबर

पाल्पा। विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ । कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन...

वडा सभामा उत्कृष्ट उपभोक्ता असल बुहारी,दम्पतिलाई सम्मान

  २०८०-०३-०९        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा चालू आ ब मा उत्कृष्ट उपभोक्ता समिति असल कर्म गर्ने बुहारी, दम्पत्तिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका...

आगामी आर्थिक बर्ष ‘आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडी बढ्छ ‘– नगर प्रमुख थापा

  २०८०-०३-०८        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष  आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताएका छन् । थापाले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताएकाे हाे । रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन...

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

  २०८०-०३-०७        बोली खबर

काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका...

रामपुरमा योग दिवस मनाइयो

  २०८०-०३-०६        बोली खबर

पाल्पा । मानबताका लागि योग भन्ने नारा सहित आज रामपुरमा नबौ योग दिवस मनाइएको छ । रामपुर नगरपालिका वडा न ७ किसानबारीमा योग दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथी श्रेष्ठले बोल्दै योग स्वास जिबनको लागि अपरिहार्य भएको बताउदै सबैले यसका विधि अबलम्बन...

तिनाउमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

  २०८०-०३-०५        बोली खबर

पाल्पा । तिनाउ गाउँपालिका ३ सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर भारत गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय बिपिन धुसीयाको सोमबार साँझ मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसैगरी, पाल्पा, रैनादेबी छहरा...

रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण

  २०८०-०३-०४        बोली खबर

पाल्पा। पाल्पाको रामपुर अस्पताललाई ५ वटा डाइलासिस मेसिन हस्तान्तरण गरेकाे  छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट टेकुले रामपुर अस्पताललार्इ  ५ वटा डाइलासिस मेसिन र १ सेट आरओ प्लाण्ट सामाग्री प्रदान गरेको हो । रामपुर अस्पताल बाट डाइलासिस सेवा विस्तार गरि यस भेगका जनतालाई सहज र सरल डायलियस सेवा...

‘स्कारपियो’ दुर्घटना हुँदा स्याङ्जा चापाकोटका पूर्व मेयर गिरीको निधन

  २०८०-०३-०२        बोली खबर

पाल्पा। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४०...