पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो । आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार...
पाल्पा । नवनिर्मित इलाका प्रशासन कार्यालय रामपुर पाल्पाको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकद्धारा समुद्घाटन भएको छ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गृहमन्त्री लेखकले लोकतन्त्र अनि बिकासको मुल आधार भनेकै बलियो शान्ति सुरक्षा रहेको बताउनु भयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा बलियो...
पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो...
पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा खाना महोत्सव भएको छ । विद्यार्थीहरूलाई मौलिक परिकार तथा सांस्कृतिक विविधता बारे जानकारी दिन विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सव भएको हो । कार्यक्रममा कक्षा ६ देखि माथिका विद्यार्थीहरुले सिस्नो, बटुक देखि यमोरी सम्मका मौलिक खानाका...
पाल्पा । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार- परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार...
पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको...
पाल्पा । रामपुरमा दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा उद्यमी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा बोल्दैै प्रमुख अतिथी श्रेष्ठले देशको विकासमा उद्योग तथा व्यावसायीक क्षेत्रको महत्वपूण भुमिका रहेको बताउँदै सरकार...
पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज...
पाल्पा । रामपुर नगरपालिकाले हिन्दु धर्माबलम्बीहरुको महत्त्वपूर्ण चाड एकादशी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कार्यालय मातहतका सम्पूर्ण वडा कार्यालय, शिक्षण संस्था, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ । कार्तिक २७ गते मंगलबार (भोलि) नगरपालिका मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घ...