प्रदेश १

‘आठौं मण्डली कप’ को उपाधि निस्दी र स्याङ्जाको वालिङलाई 

  २०८१-०७-२६        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित  आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ । पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५,...

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

  २०८१-०७-१८        बोली खबर

पाल्पा । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले...

रामपुरमा नेपाल संवत ११४५ काे अवसरमा शुभकामना आदानप्रदान सम्पन्न (तस्बिरसहित)

  २०८१-०७-१८        बोली खबर

पाल्पा । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत ११४५ को अवसरमा र्याली निकालेर शुभकामना आदानप्रदान गरेको छ ।  नेपाल संवत ११४५ को अवसरमा रामपुर नगरपालिका ५, बेझाँड बजारमा र्याली निकालेर शुभकामना आदानप्रदान गरि मनाएकाे हो । शनिबार विहान रामपुरको मुख्य बजार बेझाँड बजार चोकबाट सुरु...

यमपञ्चक सुरू : आज काग तिहार

  २०८१-०७-१४        बोली खबर

पाल्पा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाले जनाएकाे छ । यमराजले...

अगाहाखोलामा ट्रक दुर्घटना, एककाे मृत्यु

  २०८१-०७-१४        बोली खबर

पाल्पा ।  रम्भा गाउँपालिका–३, अगाहाखोलामा ट्रक दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ पाल्पाका २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही दुर्घटनामा सहचालक वालिङ नगरपालिका–१० का...

रामपुरमा ‘ओके बाजे’लाई नागरिक अभिनन्दन (तस्बिरमा)

  २०८१-०७-०४        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार याहाँका नागरिक स्तरबाटै अभिनन्दन गरिएको हो । पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७...

ढेंगामगरद्धारा सहयोगको अपिल

  २०८१-०७-०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ४ देवस्थानका नरबहादुर ढेंगामगरको परिवार यतिबेला शोकमा डुबेको छ । आठ वर्षदेखि जापानमा अध्ययनको साथै काम गर्दै आएका झमन थापा (किरण) का २०८१ असोज २४ गते २६ वर्षकै अल्पायुमै निधन भएको थियो । मृतक ढेंगाको पार्थिक शरिर नेपाल ल्याउन नसक्दा थप पिडामा डुवेको...

आज बडादशैंको साताैं दिन: फूलपाती भित्र्याइँदै

  २०८१-०६-२४        बोली खबर

पाल्पा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...

मोटरसाइकल दुर्घटनमा रामपुरका एक युवकको मृत्यु

  २०८१-०६-२३        बोली खबर

पाल्पा। सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । थप उपचारको लागि...

जापानी नागरिक ‘ओकेबाजे’लाई अभिनन्दन गरिने

  २०८१-०६-२०        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ । पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो । समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७...