प्रदेश १

डढेलोबाट रामपुर ९ मधुकाेटमा पाँच घर जलेर नष्ट, दुई जना घाइते (तस्बिर सहित)

  २०८०-०१-२७        बोली खबर

पाल्पा। जंगलमा लागेकाे आगो बस्तीमा पसेपछि रामपुर नगरपालिका-९  जब्गादी मधुकाेटमा ५ घर जलेर नष्ट भएको छ । आगोलागीबाट ५ घर सहित गोठहरु पुर्ण रुपमा जलेको हो । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको छ...

निस्दीकाे ढुङ्गनावेशीमा प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल सम्पन्न, उपाधी बौदीकालीलाई

  २०८०-०१-२६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका ५ गल्धाकाे ढुङनावेशीमा सम्पन्न अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबलको संघको सहआयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले प्रथम स्थान हासिल गरेको हो । सोमबार भएको...

पाल्पामा करेन्ट लागेर एक युवकको ज्यान गयो

  २०८०-०१-२६        बोली खबर

पाल्पा । करेन्ट लागेर पाल्पाको रामपुर नगरपालिका ५ भम्बकमा एक युवकको ज्यान गएको छ । घर नजिककै रुखको घाँस झार्ने क्रममा करेन्ट लाग्दा रामपुर नगरपालिका ५ भम्बक बस्ने ३२ वर्षका गोविन्द कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार बिहान झण्डै साढे ७ बजे घर नजिकै काब्रोको घाँस झार्ने...

रामपुर साकोस द्धारा बित्तीय साक्षरता तालिम

  २०८०-०१-२५        बोली खबर

पाल्पा । पाल्पा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । शिक्षा उपसमितिका संयोजक राजेन्द्रप्रसाद बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठले व्यानर पढेर उद्घाटन गर्नु भएको छ...

निस्दीकाे ढुङ्गनावेशीमा अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल शुरु

  २०८०-०१-२४        बोली खबर

पाल्पा  । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार देखि ढुङ्गनावेशीमा सुरू भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रम बिच उद्घाटन गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सदस्य श्रेष्ठले...

निस्दीकाे गल्धामा ‘घाटु उत्सव’ (तस्बिरहरू सहित)

  २०८०-०१-२४        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ को गल्धामा अहिले घाटु नाच उत्सव जस्तै चालेको छ । रंगिविरङ्गी पहिरनमा सज्जिएर घरको आँगनमा घाटु नाच चालिरहेको छ । निस्दीको गल्धाको साविकको वडाहरु खरकडाँडा, गाबुडाँडा, बाङलाङ्ग, घाचुर, बेलौजी तथा निस्दी ४ मित्यालको मौलाथरमा  घाटु नाच भइरहेको छ । बुद्ध जयन्ती तथा...

करेन्ट लागेर निस्दीका एक महिलाको निधन

  २०८०-०१-२२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । निस्दी–३, खादर बस्ने ५४ वर्षकी उमावती गाहाको मृत्यु भएको हो । शुक्रबार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा गाहालाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते गाहालाई लगतै उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा उपचारको क्रममा...

आज २५६७औं बुद्ध जयन्ती, निस्दीकाे गल्धामा आजदेखि घाटु नाच सुरू

  २०८०-०१-२२        बोली खबर

पाल्पा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान...

रामपुर नगरपालिकाद्वारा मजदुरको दुर्घटना बिमा

  २०८०-०१-२१        बोली खबर

पाल्पा । मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय...

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाकाे शव फेला

  २०८०-०१-२१        बोली खबर

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी...