पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताका जीवन स्तरलाई माथि उठाउन प्रदेश सरकारले महत्वपूर्ण भूमिका रहेकाे बताएका छन् । विकासका धेरै उपलब्धीहरु प्राप्त गर्न राजनीतिक परिवर्तन पछि धेरै उपलब्धी प्राप्त गर्नका लागि केही समय लाग्ने समेत बताएका हुन् । रामपुर–सहलकोट–झ्यालबास सडक अन्तर्गत पाल्पाको रामपुर नगरपालिका १ र ३ लाई...
पाल्पा । कालीगण्डकी फाउण्डेशन नेपाल पाल्पाको आयोजना र ट्राभल डेन्टिस्ट्री नेपालको प्राविधिक सहयोगमा कृत्रिम दाँत शिविर शुरु भएको छ । दाँत झरेर खुलेर हाँस्न, बोल्न र खान नमिल्नेहरुका लागि सामाजिक संस्था कालीगण्डकी फाउन्डेशन नेपालले निःशुल्क शिविरको आयोजना गरेको हो । शिविरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले दाँत...
पाल्पा । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका पाल्पा जोड्ने रेचे घाटमा बनेकाे मोटरेबल पुलको आगामी बैशाख ५ गते उद्घाटन हुने भएको छ । २ पालिका जोड्ने मोटोरेबल पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री चेत नारायण आचार्यले उद्घाटन गर्ने निस्दी गाउँपालिकाका प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष मेख...
पाल्पा । पाल्पाको रामपुरमा नेपाल स्काउटको ३ दिने क्याम्प सम्पन्न भएकाे छ । १३ औं स्काउट फ्रेण्डसिप क्यम्प नेपाल स्काउट जितापुर क्रु को आयोजना, रामपुर स्काउट ट्रुप र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा गत सोमबार देखि सुरु भएको थियो । दुई रात ३ दिनको क्याम्पमा साहसिक गतिविधि, साधारण...
पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले बुधबार साधारण सभा गरेको हो । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य नारायण आचार्य प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी...
पाल्पा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माण हुने सुरुङ्ग मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार साँझ स्थलगत अवलोकनमा उनीहरुसँग नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी रहेका थिए । सुरुङ्गमार्ग...
पाल्पा । रम्भा गाउँपालिका, ताहुँमा एक दिने कुशन बनाउने तालिम सम्पन्न भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ताहुँ शाखाको आयोजनामा तालिम सञ्चालन भएको हो । समुह नम्बर ३९ का केन्द्र प्रमुख रोशनी सारुको अध्यक्षतामा भएको तालिमको उद्घाटन रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गरेका थिए । तालिमको...
पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले वायरलेस नमस्ते वाइफाई वितरण शुरु गरेको छ । पहिलो दिनमै ६ जना ग्राहकहरुलाई कार्यालय प्रमुख ढाकाराम पौड्यालले उक्त नमस्ते वाइफाइ राउटर वितरण गरेकाे हाे । सरकारी स्वामित्वको नेपाल टेलिकमले भर्खर मात्र शुरु गरेको यो वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । निस्दीमा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको...
पाल्पा । सार्वजनिक यातायातमा विद्यार्थी, अपाङ्ग, तथा जेष्ठ नागरिकले छुट सुबिधा नपाएको भन्दै पाल्पाकाे तानसेन स्थित विद्यार्थी सङ्गठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पाल्पामा सञ्चालन हुने सार्वजनिक यातायातले जेष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई भाडामा छुट नदिएको भन्दै विद्यार्थी सङ्गठनहरूले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् । पाल्पामा सञ्चालन...