प्रदेश १

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

  २०७९-०३-२२        बोली खबर

काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार...

रामपुर नगरपालिकाकाे एघाराैं नगर सभा सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जाेड

  २०७९-०३-१०        बोली खबर

पाल्पा। रामपुर नगरपालिका एघाराैं नगर सभा सम्पन्न गरेकाे छ। शुक्रबार सम्पन्न नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए । नगर सभाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना...

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ...

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा (तस्बिरमा)

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।...

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल...

प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

  २०७९-०३-०३        बोली खबर

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए...

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको...

मन्त्रिपरिषद् पुनर्गठन नहुने, नेकपा एसका चार मन्त्रीको पद थमौती

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...

आज नेकपा एसका नयाँ मन्त्रीको सपथ

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  २०७९-०२-१६        बोली खबर

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...