प्रदेश २

आज बडादशैंको साताैं दिन: फूलपाती भित्र्याइँदै

  २०८१-०६-२४        बोली खबर

पाल्पा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

  २०८१-०६-१७        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

ज्योतिपुञ्ज कपमा ‘सुपर १० टिम’ काे प्रतिस्पर्धा हुने

  २०८१-०६-१५        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।...

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

  २०८१-०६-०३        बोली खबर

पाल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं...

फ्यामिली सपिङ्ग सेन्टरले ल्यायो मनसुन

  २०८१-०३-२१        boli khabar

रामपुर नगरपालिका–५, बेझाँड बजारमा सञ्चालनमा रहेको फ्यामिली सपिङ्गले पत्रकार भेटघाट गरेको छ । सेन्टरले ‘मनसुन अफर’ को जानकारी दिन भेटघाट कार्यक्रमको आयोजना गरेको हो । जिल्ला मै पहिलो पटक २०७४ सालमा स्थापना भएको सपिङ्ग सेन्टरले ग्राहाकहरुलाई मध्यनजर गर्दै मनसुन अफर ल्याएको हो । अफरको बारेमा फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक...

उपकार सुपरमार्टको शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउदै

  २०८१-०३-१९        boli khabar

पाल्पा,उदाउँदो उन्नत शहर  रामपुरमा उपकार मार्टको शाखा बिस्तार हुन लागेको छ । नगरपालिकाको मुख्य बजार बेझाँडमा शनिबार देखि उपकार सुपरमार्टको दोस्रो शाखा एवं क्लथ एण्ड फुड बैंक सञ्चालनमा आउने भएको हो । असार २२ गते शनिबार बाट उपकार सुपरमार्ट प्रा.लि.ले रामपुर–५, बेझाँडमा आफ्नो दोस्रो शाखा संगै क्लथ एण्ड फुड...

एसईईको नतिजा सार्वजनिक, नतिजा केमा, कसरी हेर्ने ?

  २०८१-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले...

रामपुर नगरपालिकाद्धारा ७३ करोड ८५ लाख बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

  २०८१-०३-०७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशन मार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभाको १५ औं अधिवेशनमा नगर...

निस्दीकाे पहुँच मार्ग-सडक स्तरोन्नतिका नभएकाे भन्दै स्थानीयकाे ध्यानाकर्षण

  २०८१-०२-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाका स्थानीयले सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै शुक्रबार ध्यानाकर्षण गराएको हो । निस्दी गाउँपालिकाको मुख्य पहुँच...

आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

  २०८१-०२-१५        बोली खबर

पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक...