रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको तीन वर्षीय रणनीतिक कार्ययोजना गोष्ठी सुरु भएको छ । ‘समृद्ध रामपुर, स्वावलम्बी व्यवसायी’ भन्ने मुल नारा सहित संघको आगामी योजना निर्माणका लागि पोखरामा गोष्ठी सुरु भएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय तथा रामपुर नगरपालिका कार्यालयको सहयोगमा...
विदेशको मरुभूमिदेखि आफ्नै बारीको हरियालीसम्मगण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवनआनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’रामपुर पाल्पा । कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्नै...
रामपुर, पाल्पा ।पाल्पाको रामपुर नगरपालिका–१ मा अवस्थित छ्याब्दी झरना पछिल्लो समय प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ। हरियाली वनजंगलको काखमा रहेको यो झरनाको प्राकृतिक सुन्दरता, चिसो वातावरण, चमेरे गुफा र झरनाको फेदीमा रहेका दुईवटा प्राकृतिक पोखरीले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको...
विदेशमा कमाइन्छ पैसा, घरमा हराउँदैछ मान्छे रेमिट्यान्सले उभ्याएका पक्की घरभित्र लुकेको भावनात्मक खालीपन र सामाजिक विघटनको कथा “पैसा पठाएँ है, घरको खर्च चलाउनु।” मोबाइलमा आएको यो एउटा सन्देशले घरको खर्च त चलाउँछ, तर के घर पनि चलाउँछ? यही प्रश्नबाट सुरु हुन्छ नेपाली समाजको एउटा नदेखिएको कथा। आज गाउँमा पक्की...
पाल्पा, रामपुर।“टायल्स लगाऔं, घरलाई आकर्षक बनाऔं” भन्ने उद्देश्यका साथ रामपुर नगरपालिका–५, मटेरी जाने सडकमा आ एन बिजनेस लिंक प्रा.लि. अन्तर्गत सञ्चालित Tiles & Granite Zone औपचारिक रूपमा सञ्चालनमा आएको छ। अशोक श्रेष्ठ एण्ड टिम को संयुक्त पहलमा सञ्चालनमा ल्याइएको यस शोरुमले आधुनिक प्रविधियुक्त टायल्स, ग्रेनाइट, मार्बल, सेनेटरी सामग्री, धारा...
पाल्पा। रामपुर नगरपालिका–५ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा विकास गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता तय गर्ने उद्देश्यले सरोकारवालासँग वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको...
पाल्पाको रामपुर उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले बिहीबार सपथ ग्रहणसँगै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा लुम्बिनी...
बन्दना पोखरेल उपाध्यक्ष नेपाल पत्रकार महासंघ पाल्पा शााखा सामाजिक सञ्जाल, भावनात्मक खालीपन र बढ्दो सामाजिक–लैङ्गिक विकृतिसम्बन्ध हराउँदै जाँदा दुर्घटनातर्फ धकेलिँदै समाज आजको समय प्रविधिको समय हो। हात–हातमा स्मार्टफोन छन्, संसार एक क्लिकमै सीमित भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक ल्याइदिएको छ। सूचना, शिक्षा,...
रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शिक्षा, युवा बधाई तथा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, वडा भित्र गठित बाल क्लबका अध्यक्ष, विद्यालयका उत्कृष्ट शिक्षक, साथै वडामा क्रियाशील राजनीतिक दल र पत्रकारहरूलाई सम्मान गरिएको हो। कार्यक्रम रामपुर नगरपालिका वडा...
रामपुर, असार ७ । १२ औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको जनविकास योग हल समुद्घाटन गरिएको छ। “स्वस्थ आयुका लागि योग” भन्ने नारासहित आयोजित कार्यक्रममा योग अभ्यास तथा योग हल समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा...