मूख्य समाचार

रामपुर साना शहरी तथा खानेपानि तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको वार्षिक साधारणसभा सुरु

  २०८३-०१-२८        बोली खबर

रामपुर साना शहरी तथा खानेपानि तथा सरसफाई उपभोक्ता सस्था रामपुर पाल्पाको वार्षिक साधारणसभा सुरु भएको छ ।आइतबार देखी ब्लक स्तरीय बाषिक साधारण सभा सुरु भएको हो । सस्थाका अध्यक्ष कमलराज भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भयाे । कार्यक्रमको उद्घाटन गर्नु...

तेस्रो निस्दी कपको उपाधि पिरामिड हङकङ र आयोजक निस्दी खेलकुदलाई

  २०८३-०१-२७        बोली खबर

होम राई मगरपाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी...

भोजप्रसाद श्रेष्ठको ‘अठोट’ पुस्तकको परिचर्चा रामपुरमा सम्पन्न

  २०८३-०१-२७        बोली खबर

पाल्पा । पाल्पाका साहित्यप्रेमी तथा बौद्धिक व्यक्तित्वहरूको सहभागितामा लेखक भोजप्रसाद श्रेष्ठद्वारा लिखित आत्मकथात्मक कृति ‘अठोट : सङ्कल्प, सपना र सङ्घर्षका यात्रा’ माथि रामपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । रामपुरमा जन्मिएर रुपन्देहीको बुटवललाई कर्मथलो बनाउँदै राजनीति र सामाजिक सेवामा सक्रिय रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता...

मानवता जोगाऔँ भन्ने सन्देशसहित रामपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  २०८३-०१-२५        बोली खबर

७९ औँ अन्तर्राष्ट्रिय विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको समन्वय तथा रामपुर नगरपालिका को आयोजनामा “मानवतालाई जीवित राखौँ” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा  आनन्द निकेतन विद्याश्रम मा कक्षा ९ मा अध्ययनरत छात्रा कामना ढुङ्गानाले प्रथम स्थान हासिल गर्न सफल भएकी...

रामपुरका युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम

  २०८३-०१-१७        बोली खबर

पाल्पा , रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको छ । तालिम लिन चहाने युवाहरुको निवेदनको आधारमा छनौट गरी ४० जना युवाहरुलाई तालिम दिन थालेको छ ।...

सिन्दुर आविको बाल मञ्च पुनर्गठन : अध्यक्षमा खुशी दर्लामी

  २०८३-०१-१७        बोली खबर

होम राई मगर१७ बैशाख । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाको विद्यार्थीहरुको भेला बसेको छ ।     भेलाले खुशी दर्लामी अध्यक्षतामा ९ सदस्यीय सिन्दुर बाल मञ्च पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा लक्की बयम्बु, सचिबमा उर्मिला ठकुरी र कोषाध्यक्षमा सन्दीप सारु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्ध्या सारु, शर्मिला सारु, गिरमान...

स्याङ्जा पत्रकार महासंघ टोलीलाई पाल्पा रामपुरमा स्वागत,

  २०८३-०१-१३        बोली खबर

नेपाल पत्रकार महासंघ स्याङ्जाको भ्रमण टोलीलाई पाल्पामा एक कार्यक्रमका बीच आत्मीय स्वागत गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाबाट आएको टोलीलाई पाल्पा शाखाले सम्मानसहित स्वागत गर्दै दुवै जिल्लाका पत्रकारबीच सहकार्य र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको हो। कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप...

सिन्दुर आविले ४४ औं वार्षिक तथा अभिभावक दिवस मनायो

  २०८३-०१-१३        बोली खबर

होम राई मगरबैशाख १३ । सिन्दुर आधारभूत विद्यालय निस्दी-६,सिसिङ्गा,अर्चले, पाल्पाले ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर-६,अर्चलेका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुनारीले हाल निस्दीका...

पाचौं नौलो बिहानी कपको उपाधि माथागढीको झडेवालाई

  २०८३-०१-१३        बोली खबर

होम राई मगरपाल्पा / १३ बैशाख । निस्दी गाउँपालिका वडा नम्बर-६,सात्दोबाट,अर्चलेमा सन्चालित पाचौं नौलो बिहानी कपको उपाधि माथागढी गाउँपालिकाको झडेवाले हात पारेको छ ।        बैशाख ९ गते देखि सन्चालन भएको खुला साबिक वडा स्तरीय  पुरुष भलिबल प्रतियोगितामा झडेवाले रम्भा गाउँपालिकाको हेक्लाङ्ग माथि २-० को अन्तरमा जीत निकालेको हो । बिजेता...

रामपुरमा क्षेत्र–वडा हेरफेर र नदीजन्य पदार्थ उपयोगबारे सर्वपक्षीय छलफल

  २०८३-०१-१०        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका तथा नगरपालिका वडाको सङ्ख्या तथा सिमाना...