बुटवल, असार ४ । लुम्बिनी प्रदेशका महिला पत्रकारहरूको पेशागत दक्षता, नेतृत्व क्षमता तथा विषयगत ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने “महिला पत्रकार क्षमता विकास कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ। कार्यक्रमको समन्वय सञ्चारिका समूह लुम्बिनी तथा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय को सहयोगमा असार ३ र ४...
होम राई मगरपाल्पा / असार १ ।निस्दी गाउँपालिका–६ ,अर्चलेपाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर–६ अर्चलेस्थित लेकडाँडा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरञ्जनका नयाँ संरचनाहरू निर्माण भएपछि यहाँ घुम्न आउने आगन्तुकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।यस आर्थिक वर्षमा...
रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा टोल विकास संस्था, महिला समूह तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागितामा संस्थागत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा बजेट व्यवस्थापन सम्बन्धी अध्ययन अवलोकन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका नगरप्रवक्ता कपिल...
होम राई मगरपाल्पा / १ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी,पाल्पाको ८ औं गाउँ परिषद सम्पन्न भएको छ ।संगठनका अध्यक्ष केश बहादुर सुनारीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला अध्यक्ष हिरा आचार्य रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले विभिन्न समयमा शिक्षकहरूले गरेको शैक्षिक आन्दोलनको स्मरण गर्दै आन्दोलनको...
पाल्पा । आदिवासी जनजाति महिलाहरूमा रहेका परम्परागत ज्ञान, सीप र उद्यमशीलताको पहिचान, संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमार्फत आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजित दुई दिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रैयाँ नेपालको आयोजनामा रम्भा गाउँपालिका–२ स्थित सामुदायिक रानीबास होमस्टेमा २०८३ जेठ २९ र ३० गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा...
पाल्पा, रामपुर नगरपालिका वडा नं.९ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ रामपुर ९ पाल्पाको आयोजना र ९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सोमवार वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । समितिले वडा भित्रका ७५ वर्ष माथीका ८३ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला, खाद्यबस्तु र सरसफाईका सामग्री...
पाल्पा “लोकतन्त्रको मुलआधार , विभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज” भन्ने नाराका साथ जेठ १८ र १९ गते काठमाडौंकाे चन्द्रागीरी नगरपालिका वडा नं ३ थानकोटमा दुई दिन सम्म चलेकाे राष्ट्रिय महाधिवेशनबाट गाेपाल बराइलीकाे अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हाे। जसकाे बरिस्ठ उपाध्यक्ष उपाध्यक्षमा...
रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ स्थित ज्याग्दी सामुदायिक वनभित्र रहेको ज्याग्दी पार्क यतिबेला पर्यावरण संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक विकासको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ। हरियाली वन क्षेत्रको बीचमा अवस्थित पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले विभिन्न पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्।...
पाल्पा रामपुर नगरपालिका वडा नम्बर ८ रातमाटा । २०७५ सालमा नगरपालिकाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै यहाँका तीन महिलाले सुरु गरेको सराफ उद्योग आज सफल उद्यमका रूपमा स्थापित भएको छ । जम्मा ३० हजार रुपैयाँको लगानीबाट सुरु भएको उद्योग अहिले १२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने...
यात्रा केवल गन्तव्यमा पुग्ने साधारण प्रक्रिया होइन रहेछ, यो त अनुभूति, सम्बन्ध, संस्कृति र प्रकृतिसँग गरिने गहिरो संवाद रहेछ भन्ने गहिरो अनुभूति हामीले यही जेठ १० र ११ गतेको घान्द्रुक यात्रामा महसुस गर्यौँ। पाल्पा रामपुरबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको हाम्रो आठ सदस्यीय पत्रकार टोलीको यो यात्रा जीवनका...