समाचार

रामपुर नगरपालिकाद्वारा एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक

  २०८०-०२-१२        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आफ्नो एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएसंगै नगर प्रमुख रमण बहादुर थापाले विहिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत वार्षिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट...

रामपुरमा आवधिक योजना तर्जुमा सहित ३ दिने कार्यशाला गोष्ठि सम्पन्न

  २०८०-०२-०७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित गोष्ठि शनिबार सम्पन्न भएको हो । नगर भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि, विभिन्न राजनितिक दल , विषयका विज्ञ ,विषयगत शाखाका प्रमुख...

खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा अर्याल

  २०८०-०२-०५        बोली खबर

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल निर्विरोध चयन भएका छन् । पुनः निर्वाचित अध्यक्ष अर्याल कान्तिपुर दैनिकका उपसम्पादक हुन् । मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्ष श्रीनगर एफएमका स्टेशन मेनेजर देब पचभैया, सचिव माडी...

रामपुरमा पूर्ख्याैली मन्दिर खोज्दै चौथो पुस्ता

  २०८०-०२-०५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा न ३ केलादी क्षेत्रमा आफ्ना पुर्खाले निर्माण गरेको मन्दिर खोज्दै पनातिहरु पाल्पाकाे रामपुर आइपुगेका छन् । ऐतिहासिक शिवालय मन्दिर, गुठी र मन्दिर खाेज्दै  यहाँ आइपुगेका हुन् । मन्दिर स्थापना गोर्खाका पाण्डेहरुले गरेको शिलालेख छ । त्यस्तै त्यही राधाकृष्णको मन्दिर जुन पराजुलीहरुले स्थापना गरेका हुन्...

रामपुरमा बजेट तथा वित्तिय विषय सम्बन्धि अभिमुखिकरण सम्पन्न

  २०८०-०२-०४        बोली खबर

पाल्पा । बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राजश्व र बजेटको...

रामपुरका अव्यवस्थित २ सय ६२ जना जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण

  २०८०-०२-०४        बोली खबर

पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार पूर्जा वितरण गरेको हो । आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२...

‘रामपुर फन पार्क’ संचालनको अन्तिम तयारीमा (फोटो सहित)

  २०८०-०२-०२        बोली खबर

पाल्पा । रामपुरमा निर्माण भएको रामपुर फन पार्कको संचालन अन्तिम तयारीमा रहेको छ । आइकोनिक ग्रुप प्रा.लिले रामपुर फन पार्क संचालनमा ल्याएको हो । रामपुर नगर पालिकाको वडा नं. ५ मटेरी ठुलटारमा संचालन हुन लागेको रामपुर फन पार्क आन्तरिक तथा बाह्य पर्यटकीय भित्रयाउने उद्देश्यले रामपुर फन पार्कको अवधारणा ल्याएको...

अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण

  २०८०-०२-०२        बोली खबर

पाल्पा । अनेरास्ववियु सहिद क्याम्पसले क्याम्पसमा पुस्तक हस्तान्तरण गरेको छ। आफ्नो स्थापनाको ५९औ स्थापना दिवसको अबसरमा पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै अनेरास्ववियु जिल्ला कमिटी सचिव मदन आचार्य र जिल्ला  कमिटी सदस्य  सन्देश ढकालले सङ्गठनका बिषयमा जानकारी गराउनु भएको छ । सहिद बहुमुखी क्याम्पसका क्याम्प प्रमुख मुरारी...

रामपुर साकोसले संस्था स्थापना दिवस मनायो

  २०८०-०२-०१        बोली खबर

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा...

प्रेस युनियनकाे नवौँ अधिवेशन सम्पन्न, आठ पत्रकार पुरस्कत

  २०८०-०२-०१        बोली खबर

पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले सभापतिमा मन गहिरे निर्विरोध चयन गरेकाेछ । शाखाले गैरेको नेतृत्वमा सर्वसहमतीमा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र रायमाझी, खुल्ला उपाध्यक्षमा विष्णु खनाल र समावेशीतर्फ दानबहादुर हिस्की, सचिवमा विष्णुप्रसाद घिमिरे, सहसचिवमा इमान सिं राना,...