समाचार

पाल्पाली समाज पोखराको बार्षिक साधारण सभा एवं अधिवेशन

  २०७९-१२-२६        boli khabar

पाल्पा ,पाल्पाली समाज पोखराको २० औं बार्षिक साधारण सभा एवं ११ औं अधिवेशन तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ। पाल्पाली समाजका अध्यक्ष रेशम रचक ज्यूको अध्यक्षता र रामपुर नगरपालिका पाल्पाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। पाल्पा बासी जो कामका सिलसिलामा पोखरा बस्दै आउनुभएको सम्पुर्ण...

पाल्पाका विद्यार्थी संगठनद्धारा ४५ प्रतिशत भाडा छुटकाे माग

  २०७९-१२-२४        बोली खबर

पाल्पा । सार्वजनिक यातायातमा विद्यार्थी, अपाङ्ग, तथा जेष्ठ नागरिकले छुट सुबिधा नपाएको भन्दै  पाल्पाकाे तानसेन स्थित विद्यार्थी सङ्गठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पाल्पामा सञ्चालन हुने सार्वजनिक यातायातले जेष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकालाई भाडामा छुट नदिएको भन्दै विद्यार्थी सङ्गठनहरूले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् । पाल्पामा सञ्चालन...

नव निर्मित भवन रामपुर अस्पताललाई हस्तान्तरण

  २०७९-१२-२३        बोली खबर

पाल्पा ।  रामपुर अस्पतालको नव निर्मित भवन बुधबार अस्पताललाई हस्तान्तरण गरेकाे छ । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सरोकारवालाहरुको उपस्थितिमा रामपुर अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका निमित्त आयोजना प्रमुख सुशिल रसायलीले रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाललाई भवन हस्तान्तरणको प्रमाण...

बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने

  २०७९-१२-२१        बोली खबर

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको द्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको...

रामपुरमा ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

  २०७९-१२-२०        बोली खबर

पाल्पा । ६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा मनाईएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका छन् । अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो...

प्रेस चौतारी नेपाल रामपुर शाखा गठन

  २०७९-१२-१९        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपालको ऐतिहासिक भेला पाल्पाको रामपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युराे सदस्य खिमलाल भट्टराईले नेकपा एमालेको ग्रासरुट अभियान देशव्यापी रूपमा संचालन भइरहेको उल्लेख गर्दै यहि परिवेशमा प्रेस चौतारी नेपालले केन्द्र देखी नगर सम्म भएको कमिटी गठन महत्त्वपूर्ण भएको बताउनुभएको छ । रामपुर...

छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम

  २०७९-१२-१९        boli khabar

पाल्पाको रामपुरमा छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयको हलमा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । रामपुर नगरपालिका वडा नं ४ को वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका उप- प्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा...

स्थानीय कानुन निर्माण सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

  २०७९-१२-१७        बोली खबर

पाल्पा । तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा शुक्रबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा संचालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाको बारेमा जानकारी गराईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय...

‘रानीमहलमा’ राधिकासँग केपी ओलीको सेल्फी

  २०७९-१२-१५        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान कालीगण्डकी किनारमा रहेको रानीमहल पुगेर सेल्फी लिएका हुन् । ओलीले हिजो कालीगण्डकी किनारमा रहेको तीन जिल्ला जोड्ने पुल...

एमाले सिंह हाे, एक्लै हिड्छः एमाले अध्यक्ष ओली

  २०७९-१२-१५        बोली खबर

पाल्पा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक...