काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।...
काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल...
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरेको छ । निस्दीका आधारभूत र माध्यमिक तहका शिक्षकहरूलाई गणित तथा आईसिटी सम्बन्धि क्षमता विकास तालिम दिएको हो । जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको तालिममा ३३ जना गणित शिक्षकहरुको सहभागिता रहेको हो । जेठ २६ गतेदेखि सञ्चालन भएको...
काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...
काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...
पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...
पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...