पाल्पा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आज लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लुम्बिनी प्रदेशभरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा...
मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...
पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...
पाल्पा । कालीगण्डकी डाइभर्सनको रोक्न माग गर्दै सरोकारवालाहरुकी भेला बसेको छ । पछिल्लो समय काली नदि डाइभर्सन गरि तिनाउ खोलामा मिसाउने गरि चर्चा चलेसङ्गै तटीय क्षेत्रका बासिन्दा जुर्मिराउन थालेका छन । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाहरुले कालीगण्डकी डाइभर्सन बहुउद्देश्य आयोजना खारेजीको लागि कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक...
पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा युवा संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत मन्तव्य न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परीवर्तन युवाको काधमा भन्ने नारा सहित भएको अधिबेशनमा मुख्य बक्ता नेकपा...
वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु...
पाल्पा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्य...
रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।...
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...