प्रदेश ५

आखिल नेपाल महिला संघ रामपुरले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा हाजिरीजवाफ प्रतियोगिता गर्ने

  २०८०-११-१८        boli khabar

आखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी पाल्पाको चौथो बैठक हिजो सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको बैठकका मुख्य पाहुना नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य...

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा, उट्घाटन खेल गण्डकी र लुम्बिनी बिच

  २०८०-११-१८        boli khabar

पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको...

‘४२ औँ राष्ट्रिय मगर एकता दिवस’ रामपुरमा भब्यताका साथ सम्पन्न (तस्बिर सहित)

  २०८०-११-१६        बोली खबर

पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत  मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो । प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री...

आज ४२ औं मगर एकता दिवस भब्यताका साथ मनाइदै, पाल्पा जिल्लाभर सार्वजनिक बिदा

  २०८०-११-१५        बोली खबर

पाल्पा । आज ४२ औं मगर एकता दिवस भब्यताका साथ मनाइदै छ । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा पालिकाहरुले फागुन १५ गते एक दिन सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।...

नगर गौशालाले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनायो

  २०८०-११-१२        boli khabar

नगर गौशाला सञ्चालन समिति रामपुर नगरपालिका–६, तातोपानीले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ । शनिवार एक पत्रकार सम्मेलन गरी समितिको भावी योजना सहित आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक उत्सव मनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गाईले दुःख नपाउन र भोकै...

जानकी आधारभुत बिद्यालयको ५६ औं बार्सिक उत्सव सम्पन्न

  २०८०-११-०७        बोली खबर

पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै...

माथागढीकाे रहवासमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

  २०८०-११-०७        बोली खबर

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ५ रहबासमा टिपर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु भएको छ । सोमवार माथागढी गाउँपालिका ५ आर्थोकघाटस्थित रहवास खैरेनी भित्री कच्ची सडकखण्डमा टिपर दुर्घटना हुदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो । रुपन्देही खैरेनीबाट माथागढि ५ स्थित धामिका ढुंगाखानितर्फ आउदै गरेको...

रामपुर सहकारीकाे रणनीतिक व्यावसायिक योजना चितवनमा सुरु

  २०८०-११-०७        बोली खबर

पाल्पा। रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा संचालन भइरहेको छ । उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएकाे हाे...

लोक भजन कृतन प्रतियोगिता सम्पन्न

  २०८०-११-०२        boli khabar

फागुन २ गतेरामपुर नगरपालिका वडा न ६मा खुल्ला लोक भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । श्रीपञ्जमीको पावन अवसर पारेर राखिएको भजनकृतन प्रतियोगीता भजनकृतन मण्डली रामपुर नगरपालिका वडा नम्बर ६ को आयोजना र रामपुर नगरपालिका वडा नम्बर ६को आर्थिक सहयोगमा भएको हो । कार्यक्रममा रामपुर नगरपालिका वडा न ६...

पाल्पाको मस्याममा जीप दुर्घटना मृतकको सख्या १० पुग्यो, १६ घाईते (अपडेट सहित)

  २०८०-११-०२        बोली खबर

पाल्पा। तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा  ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी ६० वर्षिया यन कुमारी पन्त, सोही स्थानका ३९ वर्षिय राम बहादुर अस्लामी, ६७ वर्षिय कृष्ण बहादुर अस्लामी, २८ वर्षिया उर्मिला अस्लामी, बुटवल...