सुदूरपश्चिम

बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

  २०८२-०५-३१        बोली खबर

पाल्पा । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

  २०८२-०५-२९        बोली खबर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्कीले सिंहदरबारको...

BREAKING : प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  २०८२-०५-२४        बोली खबर

पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो  । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो  ।

फेसबुक लगायत सामाजिक सञ्जाल अब नेपालमा नचल्ने, बन्द गर्ने सरकारको निर्णय

  २०८२-०५-२०        बोली खबर

पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...

फाइल तस्बिर

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

  २०८२-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।...

रम्भाको रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

  २०८२-०२-२७        बोली खबर

पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो । रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि...

भूकम्पको दशक : सम्झनामा २०७२ वैशाख १२ (१० तस्बिरमा)

  २०८२-०१-१२        बोली खबर

पाल्पा । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन ।...

हर्षोल्लासका साथ ईद–उल–फित्र मनाइँदै

  २०८१-१२-१७        बोली खबर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ...

न्यौपाने मौरी फममा सात लाख बराबरको मौरी नोक्सान

  २०८१-१२-०३        boli khabar

बासुदेव  ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...