पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ । नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे । शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको...
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन...
पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् । घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट...
पाल्पा। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प...
पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो । पाल्पा क्षेत्र नं. १ का संघिय...
पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो । पश्चिम रुकुमको आठविस्कोट नगरपालिका...
पाल्पा । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । टीका...
पाल्पा । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने...
पाल्पा । पाल्पामा भूकम्पकाे धक्का महसुस भएकाे छ । जाजरकोटमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हाे । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको...