मूख्य समाचार

रामपुरमा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ सम्पन्न, कवर्ड हल उद्घाटन

  २०८२-१०-०३        बोली खबर

रामपुर ब्याडमिन्टन क्लब, रामपुरको आयोजनामा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ भव्य रूपमा उद्घाटन भएको छ। प्रतियोगिता रामपुर नगरपालिका खेलकुद विकास समितिको समन्वय तथा रामपुर नगरपालिकाको संरक्षणमा आयोजना गरिएको हो। भेट्रान्स तथा ‘सी’ लेबल ब्याडमिन्टन प्रतियोगितासँगै नवनिर्मित कवर्ड हलको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...

पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन, कार्यतालिका सार्वजनिक

  २०८२-१०-०३        बोली खबर

पाल्पा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। यसै क्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ पाल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार रामपुरमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यालय उद्घाटन कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम अर्यालद्वारा सम्पन्न भएको...

माथागढी–३ कसेनी सिलङ्गीमा भलिबल प्रतियोगिता सम्पन्न

  २०८२-१०-०३        बोली खबर

पिर्थ थापा मगर माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सिलङ्गीमा स्थापित न्यु जल्पादेवी युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ क्ल्वले आयोजना गरेको बी–लेबल टोल–गाउँस्तरीय भलिबल प्रतियोगिता २०८२ पुस २७ गते देखि २०८२ माघ महिनाको १ गते...

रामपुर आयुर्वेदिक अस्पतालमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

  २०८२-१०-०२        बोली खबर

रामपुर, बिहीबार — पतन्जली योग समिती रामपुर र महिला पतन्जली योग समितिको आयोजनामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस बिहीबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ। “योग गरौँ, स्वस्थ बनौँ; स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा योग, ध्यान, निन्द्रा व्यवस्थापन तथा स्वस्थ...

रामपुरमा सूचनाको हक सम्बन्धी स्थानीयस्तरीय अन्तरक्रिया सम्पन्न

  २०८२-१०-०१        बोली खबर

पाल्पा — राष्ट्रिय सूचना आयोगले पाल्पाको रामपुरमा सूचनाको हक सम्बन्धी स्थानीयस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागितामा बुधबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले सूचनाको हक सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था र यसको...

रामपुर नगरपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न

  २०८२-१०-०१        बोली खबर

पाल्पा, रामपुर।स्थानीय तहमा तथ्याङ्कीय ज्ञान अभिवृद्धि गरी नीति निर्माण, योजना तर्जुमा तथा विकास गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले रामपुर नगरपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बुधबार तथ्याङ्क समन्वय कार्यालय पाल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले उत्पादन गरेका आर्थिक, सामाजिक,...

गुरुङगाउँमा होमस्टे सञ्चालनको सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया सम्पन्न

  २०८२-१०-०१        बोली खबर

रामपुर, पाल्पारामपुर नगरपालिका–८ अन्तर्गत भुजातस्थित गुरुङगाउँमा घरबास (होमस्टे) सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको गुरुङगाउँमा होमस्टे सञ्चालन गर्न सकिने अवस्था छ कि छैन भन्ने उद्देश्यले वडा नम्बर ८ को पहलमा सम्भाव्यता अध्ययन गराइएको हो। समुद्री सतहभन्दा उच्च भागमा...

रामपुरमा २ रात ३ दिनको स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न

  २०८२-१०-०१        बोली खबर

रामपुर आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा २ रात ३ दिनको स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई विपत्‌को समयमा उद्धार गर्न सक्ने सीप, साहसिक क्रियाकलाप तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो। क्याम्पमा रामपुर स्काउट दलका ९० जना स्काउट विद्यार्थीहरू तथा ललितपुर जिल्लास्थित अनलज्योति स्कुलबाट ३९ जना...

रामपुर अङ्ग्रेजी आवाशिय मा वि रामपुर (आईएसओ) लोगो प्राप्त गर्ने सस्थागत तर्फ पहिलो

  २०८२-०९-२९        बोली खबर

पाल्पा, रामपुर अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नु सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । पाल्पा जिल्लामा सस्थागत विद्यालय अन्तर्गत पहिलो विद्यालय बन्न सफल भएको...

रामतुलसी नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गर्‍यो

  २०८२-०९-२८        बोली खबर

पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर-५ पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) लोगो प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्तिका लागि विद्यालयले पूरा गर्नु  सुचकहरु मध्ये पहिलो चरणका सुचकहरु पुरा गरेपछि लोगो प्राप्त गर्न सफल भएको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले लुम्बिनी प्रदेश सभा सदस्य एवं...