खेलकुद

२०० बढी साइकल यात्रीको सहभागितामा ‘हेरिटेज राइड–२०८३’ सम्पन्न

  २०८३-०८-०८        बोली खबर

पाल्पा । तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ आइतबार सम्पन्न भएको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा जिल्ला साइक्लिङ सङ्घको आयोजनामा शनिबार तानसेनबाट सुरु भएको साइकल यात्रा दुई दिनपछि रामपुरमा समापन गरिएको हो। जिल्लाको पूर्वी क्षेत्रका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा आन्तरिक...

रामतुलसी माविले प्राप्त गर्‍यो अन्तर्राष्ट्रिय गुणस्तरको आईएसओ प्रमाणपत्र

  २०८३-०८-०८        बोली खबर

मंसिर ६, पाल्पा । रामपुरस्थित रामतुलसी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ) प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) का निर्धारित मापदण्डअनुसार भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको हो। यसअघि पाल्पाको दमकडा माध्यमिक विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको थियो।...

भीम बहादुर थापा स्मृति भलिबल कपको उपाधि रामपुर गेझालाई

  २०८३-०८-०३        बोली खबर

होम राई मगरपाल्पा, २ मंसिर । निस्दी गाउँपालिका–७, हुबासमा संचालित भीम बहादुर थापा भलिबल कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रामपुरको गेझा भलिबल क्लबले जितेको छ ।कार्तिक २९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा गेझाले पूर्वखोलाको सिलुवा भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको...

दोस्रो लेकाली कपको उपाधि रामपुर गेझालाई

  २०८३-०८-०१        बोली खबर

होम राई मगरपाल्पा, ३० कार्तिक । निस्दी गाउँपालिका–६, अर्चलेस्थित नारीभञ्ज्याङमा सञ्चालित दोस्रो लेकाली कप खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रामपुरको गेझाले जितेको छ ।कार्तिक २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा गेझाले निस्दीको रनगुवा खेलकुद समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो...

रामपुर आयुर्वेद अस्पतालमा ३६ लाखको लागतमा निर्मित योगहल उद्घाटन

  २०८३-०८-०१        बोली खबर

पाल्पा। रामपुर आयुर्वेद अस्पतालमा नवनिर्मित योगहलको आइतबार बिहान समुद्घाटन गरिएको छ। नियमित योग अभ्यासमा सहभागी हुने साधकको सङ्ख्या बढ्दै गएपछि अभ्यासलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले नयाँ योगहल निर्माण गरिएको हो। लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा निर्माण सम्पन्न योगहलको उद्घाटन कार्यक्रम पतञ्जली योग समिति रामपुरका...

रामपुर नगरपालिकाबाटै व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर(पान)दर्ता सेवा सुरु

  २०८३-०६-२७        बोली खबर

पाल्पा,रामपुर नगरपालिकामा पान दर्ता सेवा सुरु भएको छ । नगरपालिकाले सेवाग्राहीको सहजताका लागि व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर(पान)दर्ता सेवा सुरु गरेको हो । मंगलवार सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका भित्रका व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाटै पान दर्ता सेवा शुरु गरेको बताउनुभयो...

रामतुलसी नमुना माध्यमिक विद्यालयमा तीन करोड ३५ लाखको लागतमा भवन निर्माण हुँदै

  २०८३-०६-२५        बोली खबर

पाल्पा । रामतुलसी नमुना माध्यमिक विद्यालयमा १३कोठे पक्की शैक्षिक भवनको शिलान्यास गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले निर्माण हुन लागेको भवनको लागत तीन करोड ३५ लाख ७२ हजार ५७० रुपैयाँ रहेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विषाल श्रेष्ठ, प्रधानाध्यापक बालकृष्ण लम्साल लगायत विद्यालय व्यवस्थापन...

साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानित

  २०८३-०६-०४        बोली खबर

साक्षरता दिवसमा निस्दीका ६७ विद्यार्थी, २५ शिक्षक र ५ विद्यालय सम्मानितहोम राई मगरपाल्पा । निस्दी गाउँपालिका, पाल्पाले राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६७ जना विद्यार्थी, २५ जना...

गोरखनाथ माविको विव्यस अध्यक्षमा अर्जुन बयम्बु

  २०८३-०६-०२        बोली खबर

होम राई मगरपाल्पा । निस्दी गाउँपालिका-६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु चयन भएका छन् । विद्यालयमा आज सम्पन्न अभिभावक भेलाले बयम्बुलाई अध्यक्षमा चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार गठन गरिएको समितिको सदस्यमा योमाया मश्राङ्गी,...

झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न

  २०८३-०५-२०        बोली खबर

रामपुर, पाल्पा । रामपुर नगरपालिका–८, झेरूछापमा टोलस्तरीय घुम्ती शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विभिन्न सरकारी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा, कृषि तथा पशु स्वास्थ्य र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको हो। शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४२ जना लाभग्राहीको बायोमेट्रिक...