समाचार

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

  २०८०-०३-१२        बोली खबर

पाल्पा । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९र १२र०२ गतेका दिन प्रकाशित सूचना अनुसार...

निस्दीमा १२ पास गरी २० बर्ष पुगेर विवाह गर्ने महिलाहरूलाई सम्मान

  २०८०-०३-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गरेकोछ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१...

निस्दीको नीति तथा कार्यक्रमः मगर भाषा पाठ्यक्रम देखि खानेपानीको मुख्य एजेण्डा (पूर्ण पाठसहित)

  २०८०-०३-११        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाले कृषि, खानेपानी, शिक्षा, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । गाउँ सभामा नीति तथा...

रामपुर नगरपालिकाको नीति तथा कार्यक्रमः होमस्टे सञ्चालन देखि जिपलाईन सम्भाव्यता

  २०८०-०३-११        बोली खबर

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले कृषि, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

माथागढीको नीति कार्यक्रमः पर्यटन विकास देखि १५ सैया अस्पताल निर्माण

  २०८०-०३-११        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाको १३ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको छ । आ।व। २०८०।८१ को लागि प्रस्तुत गरिएको नीति कार्यक्रम सभाले पारित गरेको हो । सभाले पर्यटन विकास देखि १५ सैया अस्पताल निर्माण गर्ने विशेष नीति लिएको छ । पर्यटन तर्फ कौडेलेख, माथागढी, बहादुरपुर, लखनथापा पार्क, माथागढीमा...

कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउन १ करोड २० लाख

  २०८०-०३-०९        बोली खबर

पाल्पा। विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ । कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन...

वडा सभामा उत्कृष्ट उपभोक्ता असल बुहारी,दम्पतिलाई सम्मान

  २०८०-०३-०९        बोली खबर

पाल्पा । पाल्पाको रामपुरमा चालू आ ब मा उत्कृष्ट उपभोक्ता समिति असल कर्म गर्ने बुहारी, दम्पत्तिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका...

आगामी आर्थिक बर्ष ‘आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडी बढ्छ ‘– नगर प्रमुख थापा

  २०८०-०३-०८        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष  आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताएका छन् । थापाले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताएकाे हाे । रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन...

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

  २०८०-०३-०७        बोली खबर

काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका...

रामपुरमा योग दिवस मनाइयो

  २०८०-०३-०६        बोली खबर

पाल्पा । मानबताका लागि योग भन्ने नारा सहित आज रामपुरमा नबौ योग दिवस मनाइएको छ । रामपुर नगरपालिका वडा न ७ किसानबारीमा योग दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथी श्रेष्ठले बोल्दै योग स्वास जिबनको लागि अपरिहार्य भएको बताउदै सबैले यसका विधि अबलम्बन...