प्रदेश १

मोटरसाइकल दुर्घटनमा रामपुरका एक युवकको मृत्यु

  २३ आश्विन २०८१, बुधबार ०९:३०        बोली खबर

पाल्पा। सिद्धार्थ राजमार्गमा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि बस्ने पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचई ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो । थप उपचारको लागि...

जापानी नागरिक ‘ओकेबाजे’लाई अभिनन्दन गरिने

  २० आश्विन २०८१, आईतवार १४:१९        बोली खबर

पाल्पा । जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ । पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो । समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७...

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

  १७ आश्विन २०८१, बिहीबार ०९:२१        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

रामपुरकाे मुख्य बजार क्षेत्रमा अनुगमन

  १५ आश्विन २०८१, मंगलवार १४:४८        बोली खबर

पाल्पा । चार्डपर्व नजिकै गर्दा रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरेकाे छ । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावत्, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो । टोलीले रामपुर नगरपालिका वडा नं. ५ को बेझाँड बजार, वडा नं. ६ को विजयपुर बजार र वडा...

पाल्पामा स्थानीय तहसंंग भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया

  ४ आश्विन २०८१, शुक्रबार २०:३३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा स्थानीय तह स्तरीय भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रामपुर नगर भित्रका सरोकारवालाहरु संगै अन्तरक्रिया गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले बेनामी उजुरी आयोगले सुचना लिने...

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

  ३ आश्विन २०८१, बिहीबार ०७:२१        बोली खबर

पाल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं...

रामपुरमा बृहत लाखे नाच प्रदर्शनी

  २ आश्विन २०८१, बुधबार २२:५६        बोली खबर

पाल्पा । रामपुरको बेझाँड बजारमा १४ औं बृहत लाखेनाच प्रदर्शनी सम्पन्न भएको छ । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवर्द्धन गर्ने उद्देश्यले लाखे नाच प्रदर्शनी गरेको हो । कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर २८ समूहको लाखे नाच एउटै मञ्चमा प्रदर्शन गरिएको थियो । रामपुर नेवाः...

सिद्धबाबा सुरुङमार्गकाे काम तिब्र, ३ महिनाभित्र ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी

  २ आश्विन २०८१, बुधबार १४:५१        बोली खबर

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग कामले तिब्रता पाएकाे छ । सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ...

तिनाउकाे जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  ३० भाद्र २०८१, आईतवार १६:०१        बोली खबर

पाल्पा ।  तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ बस्ने ५३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु ४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना...

पाल्पामा प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

  १६ श्रावण २०८१, बुधबार १२:५६        बोली खबर

पाल्पा । स्थानीयलाई प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय...