प्रदेश २

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

  २०८२-०५-२९        बोली खबर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्कीले सिंहदरबारको...

काठमाडौँ जलेको दिन (तस्बिरमा)

  २०८२-०५-२५        बोली खबर

काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो । हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू

BREAKING : प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  २०८२-०५-२४        बोली खबर

पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो  । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो  ।

चल्न थाल्यो फेसबुक

  २०८२-०५-२३        बोली खबर

पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...

फेसबुक लगायत सामाजिक सञ्जाल अब नेपालमा नचल्ने, बन्द गर्ने सरकारको निर्णय

  २०८२-०५-२०        बोली खबर

पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...

आज हरितालिका तीज मनाइँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

  २०८२-०५-१०        बोली खबर

पाल्पा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आज लुम्बिनी प्रदेश  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लुम्बिनी प्रदेशभरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा...

लुम्बिनी प्रदेश सरकारको पहलमा रामपुर बेझाँड बजार उज्यालो, हाइमास्ट लाइट जडान

  २०८२-०४-१६        बोली खबर

पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाईयो

  २०८२-०४-१५        बोली खबर

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले...

बेझाँडकाे इलेक्ट्रोनिक्स गोदाममा आगलागी

  २०८२-०३-१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिका–५ बेझाँड बजार स्थित इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बेझाँड बजार सञ्चालनमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो । बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगोलागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । आगो रामपुर नगरपालिकाको दमकलको...

फाइल तस्बिर

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

  २०८२-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।...