रामपुर योग समितिको आयोजनामा हिन्दुहरूको महान पर्व बडा दशैं ,शुभ दीपावली, छडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। रामपुरयोग समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष पोखरेलले बोल्दै योग ध्यानले मानिसलाई सकारात्मक चिन्तनतिर...
असोज ७, रामपुर (पाल्पा) –चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने सास्ती न्यूनीकरण गर्ने उद्देश्यले रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट परिसरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुरको पहलमा, नमस्ते यातायात, रामसिता यातायात, स्थानीय व्यापारी तथा व्यवसायीहरूको सहकार्यमा उक्त कक्ष सञ्चालनमा ल्याइएको हो। मंगलबार एक विशेष कार्यक्रम गरी...
पाल्पा । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्कीले सिंहदरबारको...
काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो । हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू
पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो ।
पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...
पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...
पाल्पा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आज लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लुम्बिनी प्रदेशभरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा...
पाल्पा, साउन १५ ।रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।...