प्रदेश ५

बगनासकालीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु

  २०८१-१२-१२        boli khabar

पाल्पा – पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली—७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराई रहनुभएको छ ।   बुधबार बिहान ८ बजे घाँस काट्न घर नजिकैको रुखमा चढ्नुभएका भट्टराई एक्कासी रुखबाट लडेको प्रहरीले जनाएकाे छ ।  रुखबाट लडेर गम्भीर घाइते हुनुभएका भट्टराईको...

किङ्गस क्लव रामपुरद्वारा ‘दोस्राे किङ्स कप-२०८१’को आम्दानी खर्च सार्वजनिक

  २०८१-१२-११        बोली खबर

पाल्पा । किङ्स क्लव रामपुर पाल्पाले दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। किङ्स क्लव रामपुर पाल्पाको पहिलो वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक,  भम्वक युनाईटेड सहआयोजक भै राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदु भन्ने मुलमन्त्रका साथ मिति २०८१ पौष २४ देखि २७ सम्म रामपुर-५...

शहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुले भत्कायो ३१ बर्षे नेविसंघको बिरासत

  २०८१-१२-०५        boli khabar

पाल्पाको शहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको जित हासिल गरेको छ । बुधबार सम्पन्न मतगणनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राजन गौतमले ३१ बर्षको नेविसंघको बिरासत भत्काउनु भएको हो । सभापति पदमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)संयुक्त प्यानल राजन गौतम ३०१ने...

माथागढीमा भलिबल प्रतियोगिता हुने

  २०८१-१२-०५        boli khabar

यहि चैत्र १८ देखी २० सम्म हुने भलिबल प्रतियोगिता माथागढी ७ रहबास,अखरीगौडामा उदय युवा क्लव द्वारा आयोजना गरिएको हो।भलिबल खेल प्रतियोगिता पुरुष तथा महीला दुबै तर्फको सन्‍चालन हुने भएकोले खेलमा सहभागी प्रतियोगिहरुले यहि चैत्र महिनाको १८ गते देखि २० गते सम्‍ममा दर्ता गर्न सकिने खेल संयोजक अम्‍मर काम्‍मु मगरले...

न्यौपाने मौरी फममा सात लाख बराबरको मौरी नोक्सान

  २०८१-१२-०३        boli khabar

बासुदेव  ढकाल- रामपुर पाल्पा ।पाल्पाको रामपुर नगरपालिका वडा नं.६मा रहेको न्यौपाने माहुरी फर्मका मौरी मरेर सखाप भएपछी मौरी पालक अगुवा कृषक जय नारायण न्यौपानेले सात लाख बरावरको नोक्सान ब्यहोर्नु परेकोछ । २०५४ साल देखी तिलकपुरमा ब्यबसायिक मौरी पालन गर्दै आएका ८१ बर्षे अगुवा कृषक न्यौपानेको घर आगन र बगैचामा...

रातमा महिला उमेदवार धम्काएको भन्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) कोद्धारा विज्ञप्ति जारी

  २०८१-१२-०३        boli khabar

पाल्पा । यही चैत्र ५ हुने हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला रामपुर नगरपालीकामा रहेको शहिद बहुमुखी क्याम्पसमा पनि हुदैछ । सोहि सिलसिलामा विद्यार्थीले भोट माग्ने क्रम जारी छ । तर हिजो राति चैत्र ०३ गते राति फरक संगठन बाट उठेको भन्दै घरबेटीले हप्काएको अनेरास्ववियु निकट...

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस इतिहास र बर्तमान

  २०८१-११-२४        boli khabar

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो...

वर्ष २०८२ मा शनिबारबाहेक थप २९ दिन सार्वजनिक बिदा हुने (सूचीसहित)

  २०८१-११-२१        बोली खबर

पाल्पा । आगामी वर्ष २०८२ मा शनिवार बाहेक थप २९ दिन मुलुकभरि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको शनिवार बाहेक २९ दिन सार्वजनिक, पर्व एवं सट्टा बिदा...

रामतुलसी नमुना माविको अध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

  २०८१-११-२०        बोली खबर

पाल्पा । गण्डकीबेशी मिडिया प्रा.लि. रामपुर पाल्पाका अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’ रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनु भएको छ। यसभन्दा अघि विद्यालय व्यवस्थापन समिति सदस्य पदमा रहेका श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसहितको शिक्षा, पूर्वाधार विकास...

गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास, स्थानीयबासी खुशी

  २०८१-११-२०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट–कठैडाँडा सडकखण्ड अन्तर्गत निस्दी खोलामा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन...