सुदूरपश्चिम

आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

  ७ कार्तिक २०८०, मंगलवार १०:३२        बोली खबर

पाल्पा। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल...

नवदुर्गाको विशेष पूजा गरेर महानवमी मनाइँदै

  ६ कार्तिक २०८०, सोमबार ०६:५२        बोली खबर

पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती...

आजदेखि दसैं सुरु, बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत

  २८ आश्विन २०८०, आईतवार ०६:४३        बोली खबर

पाल्पा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैँ शुरू भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र...

पाल्पामा भूकम्पको धक्का महसुस

  १६ आश्विन २०८०, मंगलवार १५:५०        बोली खबर

पाल्पा । पाल्पामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। करीब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ...

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौं 

  ४ आश्विन २०८०, बिहीबार ११:२१        बोली खबर

पाल्पा । आज (बिहीबार) देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् । राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । पाल्पाका सबै सामुदायिक...

आज संविधान दिवस

  ३ आश्विन २०८०, बुधबार ११:५२        बोली खबर

पाल्पा । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय...

आज दर खाने दिन : के खाने, के नखाने ?

  ३१ भाद्र २०८०, आईतवार १०:०४        बोली खबर

पाल्पा । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तीजको अघिल्लो दिन आज (आइतबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर...

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिंदै, आज देशभर शोक बिदा

  २८ भाद्र २०८०, बिहीबार ११:५४        बोली खबर

काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।...

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

  २६ भाद्र २०८०, मंगलवार ०७:३४        बोली खबर

पाल्पा । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  २० भाद्र २०८०, बुधबार १२:१५        बोली खबर

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...