राजनिती

माथागढीकाे १४ औं अधिवेशन सम्पन्न

  २०८०-०९-२६        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाकाे १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँसभाकाे अधिवेशनले चालु तर्फ ४२ करोड ९६ लाख रूपैया बजेट पेश गर्दै गाउँसभा सम्पन्न भएको हो । सभामा सभाध्यक्ष यम बहादुर चिदीले चालु आर्थिक वर्षको प्रगती विवरण, महालेखा परिक्षकको प्रतिवेदनमाथी छलफल, आर्थिक सुसासन जोड दिने गरि २ करोड...

रामपुर नगरपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  २०८०-०९-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पूर्वाधार निर्माणको काम अघि बढिरहेको र व्यवस्थापनका काम अझै बाँकी रहेको बताउनुभयो ।...

देशले परिवर्तन खोजेको छ: सभापति लामिछाने

  २०८०-०९-२२        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ ।  नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे । शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको...

आज पाल्पाकाे रामपुरमा रास्वपाकाे खुल्ला सभा, सभापतिः लामिछानेले सम्बाेधन गर्ने

  २०८०-०९-२१        बोली खबर

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज  पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो । सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन...

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदैछ :अर्थमन्त्री महत

  २०८०-०९-२१        boli khabar

पाल्पा । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताउनु भएको छ । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताउनु भएको हो ।...

अर्थमन्त्री डा. महत आज रामपुर आउदै

  २०८०-०९-२०        बोली खबर

पाल्पा । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत आज (शुक्रबार) पाल्पाको रामपुर आउने भएको छ । पाल्पा रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा तथा रजत महोत्सव समापन समारोहमा अर्थमन्त्री महत आउन लागेकाे हो । गत शुक्रबारदेखि सेवा केन्द्र स्तरीय साधारण सभा गरेको सहकारीले पुष...

कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, एक प्रदर्शनकारीको मृत्यु

  २०८०-०९-१३        बोली खबर

पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् । घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट...

पूर्वखाेला गाउँपालिकाकाे ‘एकीकृत घुम्ती शिविर’ सबै सेवा घरदैलोमा

  २०८०-०९-०८        boli khabar

पाल्पा । पूर्वखाेला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर मार्फत घरदैलोमा सेवा प्रदान गरेको हो ।  सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर गाउँपालिकाको केन्द्रसम्म आउनुपर्ने...

पाल्पा क्षेत्र न २ प्रतिनिधि सभा सदस्य गैरेको एक बर्षे समिक्षा

  २०८०-०९-०८        boli khabar

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ। प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुग्नु भएको गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गर्नु भएको हो।   एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी...

निस्दी गौरवको आयोजना ‘केम खाम्चा मार्ग’ स्तरोन्नति कार्यको शिलन्यास

  २०८०-०९-०८        boli khabar

पाल्पा । निस्दी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको केम खाम्चा मार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत वडा नं. १ बाकामलाङ्गको खुट्टे देखि वडा नं. ७ ज्यामिरेको होङ्गसी चोक सम्मको सडक खण्ड स्तरोन्नति तथा ग्रभेल गर्ने कार्यको शुक्रबार देखि थालनी गरिएको हो । वडा नं. १...