समाचार

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले साधारण सभा प्रतिनिधि छनोट सम्पन्न

  २०८२-०६-२२        बोली खबर

पाल्पा, असोज २२।अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते बुधबार एकै दिन चारवटा सेवाकेन्द्रहरूबाट साधारण सभाका लागि प्रतिनिधिहरूको चयन गरेको छ। रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु, र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवाकेन्द्र स्तरीय रूपमा सम्पन्न उक्त कार्यक्रममा निणर्य प्रमाणितसहित प्रतिनिधि छनोट गरिएको हो।...

रम्भाको संगाहमा कार दुर्घटना, ६ घाइते

  २०८२-०६-२०        बोली खबर

पाल्पा । रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था सामान्य र एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सुनौली देखि रामपुर तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार सोमबार अपरान्ह ४ बजे दुर्घटना भएको थियो...

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

  २०८२-०६-१८        बोली खबर

पाल्पा । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान...

आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

  २०८२-०६-१६        बोली खबर

पाल्पा । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम...

रामपुरकाे जरुवापानीमा मोटरसाइकलको ठक्करबाट एक बेवारिसे पुरुषको मृत्यु

  २०८२-०६-१४        बोली खबर

पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–८, जरुवापानीमा मोटरसाइकलको ठक्कर बाट एक बेवारिसे पुरुषको मृत्यु भएको छ । विगत ८ वर्ष देखि जरुवापानी क्षेत्रमा वेवारिसे अवस्थामा सार्वजनिक स्थानमा बस्दै आएका पुरुषको निधन भएको हो ।हुँगी बाट बेझाँड बजार तर्फ आउँदै गरेको लु ३१ प ४८६४ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेको...

आज फूलपाती भित्र्याइँदै

  २०८२-०६-१३        बोली खबर

पाल्पा। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला,...

रामपुर योग समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०८२-०६-१२        बोली खबर

रामपुर योग समितिको आयोजनामा हिन्दुहरूको महान पर्व बडा दशैं ,शुभ दीपावली, छडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। रामपुरयोग समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष पोखरेलले बोल्दै योग ध्यानले मानिसलाई सकारात्मक चिन्तनतिर...

शेयर भेला तथा SEE विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

  २०८२-०६-०९        बोली खबर

पाल्पा, असोज । विद्यालय व्यवस्थापन समितिको आयोजनामा शेयर भेला तथा SEE विद्यार्थी सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग, पर्यटन विकास समितिका सदस्य माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसैगरी...

रामपुरमा यात्रु सहायता कक्ष स्थापना, चाडपर्वमा यात्रुलाई सहजता

  २०८२-०६-०७        बोली खबर

असोज ७, रामपुर (पाल्पा) –चाडपर्वका बेला यात्रुले भोग्नुपर्ने सास्ती न्यूनीकरण गर्ने उद्देश्यले रामपुर नगरपालिका–५, बेझाड बजारस्थित प्रहरी बिट परिसरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुरको पहलमा, नमस्ते यातायात, रामसिता यातायात, स्थानीय व्यापारी तथा व्यवसायीहरूको सहकार्यमा उक्त कक्ष सञ्चालनमा ल्याइएको हो। मंगलबार एक विशेष कार्यक्रम गरी...

रामपुर साना शहरीखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खर्च सार्वजनिक

  २०८२-०६-०६        बोली खबर

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशन अन्तर्गत भदौ २१ मा सम्पन्न निर्वाचनको खर्च विवरण सार्वजनिक गरिएको छ। खर्च सार्वजनिक गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत सुर्य दर्शन पण्डितले मितव्यायी रूपमा खर्च गरिएको बताउनुभएको छ। उहाँले ६ लाख २ रुपैया बराबरको खर्च सार्वजनिक गर्नुभएको...