पाल्पा, रामपुर नगरपालिकाको सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी पुरा भएको छ । विवाह पञ्चमीको अवसरमा रामपुर नगर भित्र रहेका भगवान रामसीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको उत्थानका लागि मंगलबार हुन लागेको विवाह उत्सवको तयारी सकिएको हो विवाह उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा...
होम राई मगरपाल्पा / ४ मंसिर । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर आज एक कार्यक्रमका बिच सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।शैक्षिकसत्र २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका ३७...
पाल्पा। – आगामी मंसिर ९ गते रामपुर नगरपालिकामा भव्य रूपमा मनाइने विवाह पञ्चमी उत्सवलाई सफल र गरिमामय बनाउनका लागि सोमबार रामपुर नगरपालिका सितामाविको प्राङ्गणमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले विवाह पञ्चमीलाई धार्मिक आस्था मात्र नभई स्थानीय उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग...
पाल्पा, रामपुर नगरपालिका–४ निवासी ३ वर्षीय बालक फैजान खान दुर्लभ गौचर रोगबाट पीडित भएपछि उपचारका क्रममा गम्भीर आर्थिक संकट परेको छ। नेपालमा आवश्यक उपचार सुविधा उपलब्ध नभएकाले उनलाई हाल भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) नयाँ दिल्लीमा उपचार भइरहेको छ। फैजानका अभिभावक असरफ मियाँ र आसिया खातुनका अनुसार छोराको...
पाल्पा, रामपुर ।रातमाटा–कठान–गैटार–प्याक्लुक हुँदै कालीगण्डकीको पक्की पुल जोड्ने मोटरबाटो निर्माण कार्य औपचारिक रूपमा शुरु भएको छ। कार्तिक २८ गते रामपुर नगरपालिका–७ रातमाटामा आयोजना सुरु हुने स्थानमै विशेष कार्यक्रम आयोजना गरी निर्माण कार्यको शुभारम्भ गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ,...
पाल्पा, कात्तिक २७ । नेकपा (एमाले) पाल्पाले यही कात्तिक २९ गते हुने देशव्यापी जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी शनिबार देशभरका ७७ वटै जिल्लामा एकैसाथ आयोजना हुन लागेका जनप्रदर्शनहरू मध्ये पाल्पामा हुने प्रदर्शनका लागि तयारी तीव्र पारिएको एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।...
पाल्पा । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा...
रामपुर (पाल्पा) — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पाल्पासहित देशभर गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा धर्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन प्रत्येक वर्ष मनाइने गोवर्धन पर्वमा घर–आँगन लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई पूजा गर्ने परम्परा रहिआएको छ। यस पर्वमा...
पाल्पा । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय...
पाल्पा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा...