काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो । हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू
पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो । मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो । राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो ।
पाल्पा । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् । सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६...
काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ...
पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो अधिबेशनको निर्वाचन शुरु भएको छ ।बाम गठबन्धन दल र नेपाली काङ्ग्रेस गरि २ प्यानल निर्वाचनमा होमिएको छ । खानेपानी सस्थाको चौथो कार्यकालका लागि तेस्रो अधिबेशन निर्वाचन प्रक्रियाबाट अगाडि बढेको हो । समितिको ४ बर्षे कार्यकाल सकिएर थपिएको १...
पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो। तर, फेसबुक, एक्स...
पाल्पा । रामपुर नगरपालिका-५ बेझाँडमा ३७ औं खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हरितालिका तीजको भोलिपल्ट अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष विहीबार सम्पन्न भएको हो । कार्यक्रम अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीकी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा...
पाल्पा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । आज लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लुम्बिनी प्रदेशभरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा...
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ...
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको...